logo

१० महिनामा पनि कांग्रेस अपूर्ण

१० महिनामा पनि कांग्रेस अपूर्ण

      1/22/2017 गते 00 00 मा प्रकाशित     1444   पटक पढिएको

माघ १० । कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनको विषय उठाउँदा पार्टीकै नेता तथा कार्यकर्ताले अचेल पत्याउँदैनन् । देउवा सार्वजनिक ठाउँमा जब यो विषय उठाउँछन्, आकांक्षीहरू केही समय सलबलाउँछन् । आफू हुन र कसैलाई बनाउन दबाब समूहहरू सक्रियसमेत बन्छन् । तर, विस्तारै उनीहरू पनि हार खाएर थन्किन्छन् । कान्तिपुर दैनिकमा खबर छ ।

नेतृत्व सम्हालेलगत्तैदेखि पदाधिकारी र केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने भन्दै आएका देउवाले दस महिनामा पनि त्यो काम गर्न सकेका छैनन् । यतिबेला उनले पदाधिकारी होइन, कार्यसम्पादन समिति र विभाग गठनको चर्चा चलाएका छन् । यो कुरा गरेको पनि महिना दिन बित्न लाग्यो । तर, साइत अझै जुरेको छैन । ‘कर्ममा भन्दा भाग्यवादमा विश्वास गर्ने नेताको चरित्र यस्तै हुन्छ कि क्या हो रु’ देउवालाई नजिकबाट चिन्ने कांग्रेसका एक नेता भन्छन्, ‘हाम्रो सभापतिमा पनि कर्ममा कम र भाग्यमा बढी विश्वास देख्छु । त्यसैको परिणाम कांग्रेस गतिशील हुन सकिरहेको छैन ।’
 
पार्टी्भित्र सभापतिका आलोचकहरू उनलाई संगठनभन्दा सत्ता राजनीतिमा बढी रुचि राख्ने देख्छन् । पार्टीको अपूर्णतामा कतै न कतै सत्ता राजनीति जोडिएको उनीहरूको तर्क छ । ‘सुरुमा कांग्रेस र माओवादी गठबन्धनको सरकार निर्माणपछि पदाधिकारी बनाउँछु भन्नुहुन्थ्यो । त्यसपछि नेविसंघको अधिवेशनपछि भनियो । महिला संघ र तरुण दलको अधिवेशन पनि सकियो । अब संविधान संशोधनको टुंगो लागेपछि भन्ने सुनिन्छ,’ वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय एक नेताले टिप्पणी गरे, ‘अब विस्तारै कांग्रेसको हातमा सरकारको नेतृत्व आएपछि बनाउँला भन्ने होला ।’

कांग्रेस विधानको विविध खण्डको १९ नम्बरमा ‘पार्टीका सबै तहमा गठन गर्ने भनिएका विभाग, समिति, विभिन्न निकायहरू, महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र गठन गरिसक्नुपर्ने छ’ भन्ने छ । तर, दस महिनामा १२ केन्द्रीय सदस्य मनोनयन गर्नेबाहेक विभाग र समिति बन्न सकेका छैनन् ।

उनै देउवाले तत्कालीन पार्टी सभापति सुशील कोइरालाले विभाग र समितिहरूलाई पूर्णता दिन नसक्दा निर्णय क्षमता नभएको भन्दै कडा आलोचना गरेका थिए । त्यसैलाई उनले १३ आंै महाधिवेशनमा मुद्दा पनि बनाए । गिरिजाप्रसाद कोइरालाको जस्तो निर्णय क्षमता भएको भनेर उनले आफूलाई अघि सारे । तर, दस महिनाको कार्यकालमा पार्टी गतिमा होइन, मुस्किलले घस्रिरहेको प्रतिक्रिया दिन्छन् कांग्रेस नेता शेखर कोइराला । ‘पार्टी मुस्किलले घस्रिरहेको छ, गतिशील त हुनै सकेको छैन,’ उनले भने, ‘पार्टीका पदाधिकारी, विभाग र समितिहरू चाँडै बनाएर गति दिनुहोस् भन्दाभन्दै हामी पनि थाक्यौं ।’

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.