logo

एमाले पर्साको पनि अधिवेशन हुने 

      2/16/2017 गते 00 00 मा प्रकाशित     1696   पटक पढिएको


फाल्गून ५ बीरगन्ज ।

नेकपा एमाले पर्साको आठौ जिल्ला अधिवेशन चैत २५ र २६ गते हुने भएको छ । विहिवार एमाले पार्टी कार्यालय मनमोहन नगर रामगढवामा  बसेको जिल्ला कमिटी बैठकले अधिवेशन भव्यताका साथ सफल पार्ने निर्णय गरेको एमाले पर्साका संयोजक चीरन्जीवी आचार्यले बताए । 
लामो समय देखी नभएको अधिवेशन आम कार्यकर्ताको माग रहदै आएको थियो । अधिवेशनप्रति  कार्यकर्तामा उत्साह देखिएको बताउदै आचार्यले हाल सम्म २ हजार ५ सय पार्टी सदस्यले  सदस्यले सदस्यता नविकरण गरिसकेको बताए  । बाकी रहेका सदस्यहरुकालागि बैठकले फागुन १५ गते सम्म नविकरणको अन्तिम समय सीमा तोकिदिएको छ । 
 संयोजक चिरंजिवी अचार्यको अध्यक्षतामा बसेको बैठकले अधिवेशनलाई भव्यताका साथ सफल बनाउन विभिन्न उपसमिति बनाएको पार्टी प्रवक्ता डा.बिश्वम्भर शार्माले बताए  । बैठकले संयोजक चीरंजीवी अचार्यलाई राजनैतिक तथा गंगा खड्कालाई आर्थिक प्रतिवेदन तयार पार्न जिम्मा दिएको छ । अधिवेशनको प्रचार प्रसार संयोजकमा डा.विश्वम्भर शर्मा, स्वंमसेवक परिचालन कमिटीको संयोजकमा मनोज चौधरी, प्रतिनिधि समस्या समाधानको संयोजकमा पुरेन्द्र किशोर लाभ, मञ्च व्यवस्थापन संयोजकमा हरेन्द्र हजरा ,खाद्यासंयोजकमा विक्रम चौरसियालाई जिम्मेवारी तोकिएको छ । 
बैठकले वीउमनपा अन्तर्गतको ३० वटा वडाका एमाले अध्यक्षहरु पदेन सदस्य हुने गरि नगर कमिटीलाई पूर्णता प्रदान गरेको तथा मेची महाकाली अभियानमा पर्साबाट उल्लेखनीय सहभागिता गराउने निर्णय भएको नगर संयोजक मनोज चौधरीले बताए  । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.