logo

कांग्रेस र माओवादी केन्द् चुनाव नगराउने खेलमा ः अध्यक्ष थापा

      2/3/2017 गते 00 00 मा प्रकाशित     1614   पटक पढिएको

माघ २१ हेटौडा
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले सरकारवादी दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्रनै चुनाव नगराउने खेलमा लागेको बताएका छन् । सरकारले निर्वाचन आयोगलाई निर्वाचनको लागि तयारी गर्नु भन्दै पत्रचार गर्ने निर्णय गर्नु औचित्यहिन रहेको भन्दै थापाले मिति तथा कुन निकायको निर्वाचन गर्ने भन्ने विषयनै नसमेटिएको पत्रचारले केहि अर्थ नराख्ने स्पष्ठ पारे ।
मिडीया नेपाल मकवानपुरले आज हेटौँडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले निर्वाचन आयोग भनेकै निर्वाचन गर्न सधै तयार रहने निकाय भएकले सरकारले निर्वाचनको तयारी गर्नु भन्दै पत्रचार गर्ने तर कुन निर्वाचन गर्ने भन्ने विषयमा जानकारी नदिने विषय हास्यस्पद भएको बताए  । 
उनले भने ः सरकारले अझ अब्यवहारिक कुरा त निर्वाचन आयोगलाई निर्वाचनको तयारी गर्न पत्रचार गर्ने अनि मन्त्रीको संयोजकत्वमा स्थानीय तह निर्धारण आयोगको प्रतिवेदनलाई पुनारवलोकन गर्न १५ दिनको समय तोक्नु आफैमा अनौठो कुरा हो, सरकारको यो कुराले निर्वाचन आयोगले के तयारी गर्ने रु 
मधेशवादी दलहरुको समस्या समधान गर्न कांग्रेस र माओवादी केन्द्रनै नचाहेको बताउँदै उनले कांग्रेस र माओवादीको अब्यवहारिक चरित्रको कारण मुलुक संकट तर्फ अघि बढेको बताए ।  
संविधानमानै ब्यवस्था गरिएको स्थानीय  तहको निर्वाचनको विषयलाई समेत सरकारले भन्न नसक्नु विडम्वना भएको बताउँदै पत्रचारको विषयले चुनाव नहुने संभावनालाई थप मजबुद बनाएको बताए ।  प्रचण्ड नेतृत्वको सरकारले ६ महिनामा मधेसको समस्यालाई समधान गर्नु भन्दा पनि समधान गर्न पहल समेत गर्न नसकेको भन्दै थापाले आफुहरु पनि सरकारबाट फिर्ता हुन सक्ने बताए । कार्यक्रम मिडीया नेपाल, मकवानपुरका अध्यक्ष जिबराज बख्रेलको अध्यक्षतामा भएको हो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

जीतपुर सीमरा बाणिज्य संघको चुनावः ब्यवसायीहरुको सारथी बन्न बजगाईको स्वतन्त्र उम्मेदवारी

वीरगंज । जीतपुर सीमरा उधोग वाणिज्यसंघ निर्वाचन भोली असार ७ गते हुदैछ ।

उपभोक्ता समितिको बिषयमा बिवाद,पटेलद्वय घाइते प्रहरीमा उजुरी

बीरगंज । वीरगंज महानगरपालिका वडा नं १४ को कार्यालयमा उपभोक्ता समितिको बिषयमा भएको विवादमा अनिल पटेल माथि आक्रमण भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.