logo

गौरवमया योजना निर्माणमा जनदवाव जरुरीः नेताहरु

      2/4/2017 गते 00 00 मा प्रकाशित     1766   पटक पढिएको

कोल्हवी २२ माघ । फास्ट ट्रयाक तथा अन्तर्राष्ट्रिय विमान स्थल निर्माणका लागि सरकारलाई दवाव दिने उद्देश्यका साथ आज वाराको कोल्भीमा सर्वदलिय सहभागितामा वृहत जनदवाव सभा सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै माओवादी सचिवालय सदस्य एवं संसदका श्रम तथा परराष्ट्र सम्बन्ध समितिका सभापति प्रभु साहले सरकारले फास्ट ट्रयाक र अन्तर्राष्ट्रिय विमान स्थल निर्माणको काम तत्काल अगाडी बढाउनु पर्ने कुरामा जोड दिए  । उनले  विगतको केपी ओली सरकारको पालामा बजेट विनियोजन भई सकेको र बजेट अन्तरगत अझै निर्माण कार्य शुरु नहुनु दुःखदायि भएको बताउनु भयो । 

कार्यक्रममा सांसद एवं पूर्व खेलकुद मन्त्रि पुरुषोत्तम पौडेलले विगतमा विनियोजन भएर पनि सरकारले काम शुरु नगरेको हुंदा अब जन दवावबाट नै फास्ट ट्रयाक तथा विमान स्थल निर्माणको काम शुरु हुने चेतावनी दिए  । पौडेलले सरकारले राष्ट्रिय गौरवका योजना अगाडी बढाउने तर्फ ध्यान नदिई झिना मसिना कुरामा अल्झिएको आरोप समेत लगाए  । 

त्यसैगरी रौतहट क्षेत्र नं. ५ का नेपाली कांग्रेसका सांसद सुनिल यादवले जनताको आन्दोलन र दवाव प्रति आफ्नो पार्टीको पूर्ण सहयोग र समर्थन रहेको बताए  । कोल्भी सरोकार समितिका अध्यक्ष ढुन्डीराज उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सांसद बलविर चौधरी, निजगढ सरोकार समितिका अध्यक्ष एक बहादुर श्रेष्ठ, रमेश सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए  । नेकपा एमालेका अध्यक्ष एवम पुर्व प्रधान मन्त्रि केपि ओलीको सरकारले विनियोजन गरेको फास्ट ट्रयाकका लागि १० अर्ब र अन्तर्राष्ट्रिय विमान स्थलका लागि २ अर्ब  रकम यो सरकारले ६ महिना बितिसक्दा समेत काम सुरु नगरेकोले सो दबाब सभाको आयोजना गरीएको आयोजक कोल्भी सरोकार समितिका अध्यक्ष उप्रेतीले जानकारी दिए ।


यसैगरी निजगढ काठमाण्डौ फास्ट ट्रयाक एयरपोर्ट निर्माण मुल संघर्ष समितिको आह्वानमा बाराको निजगढमा आज देखी धर्ना कार्यक्रम शुरु भएको छ । प्रस्तावित निजगढ–काठमाण्डौं फास्ट ट्रयाक र दोस्रो अन्र्तराष्ट्रिय विमान स्थल निर्माणका लागि सरकारलाई दवाव दिने उद्देश्यले धर्ना दिइएको संघर्ष समितिका संयोजक रबिराज दंगालले बताउनुभयो । अनशनमा विभिन्न राजनैतिक दलका प्रतिनिधी, बुद्धिजिवी तथा निजगढवासीको सहभागिता रहेको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.