वीरगंज, २९ माघ ।संघिय समाजवादी फोरम नेपाल पर्साको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत रुपमा पूनःप्रदीप यादव चयन भएका छन । जिल्ला अध्यक्षको लागि प्रदिप यादव बाहेक अरु कसैको उम्मेदवारी नपरेकोले यादव सर्वसम्मत भएको निर्वाचन प्रमुख जयराम यादवले जानकारी दिए । हिजोबाट शुरु भएको पार्टीको पहिलो जिल्ला अधिवेशनको आज भएको बन्दसत्रले यादवलाई अध्यक्षमा छानेको र अन्य पदाधिकारी र सदस्यहरुको पनि टुङ्गो लाग्ने बताइएको छ ।
बीरगंज नगरसभागृहमा संचालीत बन्द बन्द सत्रमा प्रदीप यादवले राजनीतिक प्रतिवेदन, जिल्ला सचिव नगेन्द्र यादवले सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष हिरालाल यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बन्द सत्र संचालनकालागि पार्टीका उपाध्यक्ष लालबाबु राउतको अध्यक्षतामा अध्यक्षमंडल निर्माण गरिएको थियो ।
नवनिर्वचित अध्यक्ष यादवले पार्टीलाई पर्सा जिल्लामै प्रथम शक्तिको रुपमा स्थापित गराउने बताए । उनले मधेस आन्दोलमा पर्सा जिल्लामा सहादत प्राप्त गरेका बिर शहिदहरुको वीरगंज नगरपालिका भित्र शालिक निर्माण गर्ने लक्ष्य रहेको बताए । पार्टीका सबै पदाधिकारी, सदस्यहरुलाई एक जुट बनाएर अगाडि बढने जनाउदै अध्यक्ष यादवले पार्टीमा महिलाहरुको व्यापक सहभागीता बृद्धि गर्ने समेत बताए
तपाईको प्रतिक्रिया