फागुन ११ पर्सा ।
बैशाख ३१ गते स्थानीय तहको निर्वाचनको तिथि घोषणाको बिरुद्ध आन्दोलनको आव्हान गरेको मधेशी मोर्चाको बन्दका कारण बीरगंजको जनजीवन प्रभावित बन्यो । बन्दलाई सफल पार्न मोर्चा सम्वद्ध नेता तथा कार्यकर्ताहरु बिहानै सडकमा उत्रिएका थिए । उनीहरुले बीरगंजको घण्टाघर,मुर्लीचोक आदर्शनगर चोक पावरहाउसचोक लगायतका स्थानमा टायर बालेर प्रर्दशन गरेका थिए ।
बन्दका कारण बजार कल कारखाना शिक्षण संस्था र लामो तथा छोटो दुरीका यात्रुबाहक र मालवाहक सवारीहरु चलेनन । बीरगंज बजार भित्र अटो रिक्सा मोटरसाइकल निर्वाध चलेका थिए । बन्दका क्रममा कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय पर्साले जनायो ।
तपाईको प्रतिक्रिया