logo

बहस ठप्प सेवाग्राही सास्तीमा

      2/2/2017 गते 00 00 मा प्रकाशित     1739   पटक पढिएको

माघ २१ बीरगंज
सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीश नियुक्तिविरुद्ध प्रदेश नं २ मा बारले इजलाश बहिष्कार गरेको छ । सरकारी वकीलले आन्दोलन शुरु गरे पछि फिर्ता लिएको बारले फेरी आन्दोलन घोषणा गरेको हो ।  पर्सा देखि सप्तरी सम्मका ८ जिल्ला तथा २ नम्बर प्रदेशको उच्च अदालत वार एशोशिएशन आन्दोलनमा उत्रिएको कारण अदालतमा नियमित हुने गरेको बहस पैरवी प्रभावित हुँदा सर्वसाधारण मर्कामा परेका हुन । आन्दोलनमा उत्रिएको बार एशोसिएशन केन्द्रले ७ बुंदे सहमति पछि हिजो देखि आन्दोलन फिर्ता लिए पनि उच्च अदालत वार एशोसिएशनको आह्वानमा तराई मधेशमा आन्दोलन जारी रहेको कारण बहस पैरवी प्रभावित हुदै आएको छ उच्च अदालतका न्यायाधिशहरुको नियुक्ती नेपालको संबिधान र न्याय परिषद ऐनको गम्भीर उल्लंघन भएको ठहर गर्दै  बार एशोशियसनको आह्वानमा दोश्रो चरणमा गत मंगलबारबाट अदालतको कामकाज ठप्प भएको हो । हद म्याद बाहेका कामहरु जस्तै मुद्दा दर्ता, बहस पैरवी, समेतको कामकाज ठप्प पारिएको पर्सा बारले जनाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.