logo

नेता हुने मौका गुमाए द्विवेदीले

      2/7/2017 गते 00 00 मा प्रकाशित     1619   पटक पढिएको

 

वीरगन्ज - बिहीबार हुने भनिएको नेपाली कांग्रेस पर्साको १३ औँ अधिवेशनका लागि मंगलबार सभापति पदका लागि ५ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । अघिल्लो अधिवेशनमा पराजित भएका अजय द्विवेदी वाहेक अन्य तीन जना अशोक जयसवाल, जर्नादन सिंह क्षेत्री सुश्री शान्ति कार्की र वशिष्ट नारायण कुर्मी सभापति पदका नयाँ अनुहार हुन् । झन्डै ६ वर्ष अगाडि वीरगन्ज उद्योग वाणिज्य संघको सभाकक्षमा १२ औँ अधिवेशनका लागि देउवा गुटबाट उम्मेदवार घोषणा सभामा पूर्व सभासद तथा सभापति समेत भइसकेका द्विवेदीसँग जनार्दन सिंह क्षेत्री, रमेश रिजाल, अजय चौरसिया त्यतीबेलाका सभासदहरु ओमप्रकाश शर्मा,शम्भू पासवान रामेश्वर चौरसिया लगायतका प्रभावशाली नेता थिए । त्यसक्रममा द्विवेदीले आफू अन्तिम पटकका लागि जिल्ला सभापतिको उम्मेदवार बनेको घोषणानै गरेका थिए । निर्वाचनमा सुरेन्द्र चौधरीसँग द्विवेदी पराजित भए ।


अहिले १३ औँ अधिवेशनमा आफ्नो घोषणामा अडिग हुन नसकेकाले उनी निकटका केन्द्रीय सदस्य रमेश रिजाल र जनार्दन सिंह क्षेत्री र रामेश्वर रौनीयारले उनको साथ छाडेका छन् । क्षेत्रीले पनि सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश नम्बर २ इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य रिजालले यसपाली सभापतिमा वशिष्ट नारायण कुर्मीलाई सघाएका छन् । द्विवेदी, क्षेत्री र कुर्मी १२ औँ अधिवेशनसम्म एउटै गुटमा थिए । अन्यलाई अवसर नदिने, संसदीय निर्वाचन देखि लिएर पार्टीको निर्वाचनमा पनि आफूले मात्र भाग खोज्ने प्रवृत्ति द्विवेदीमा हावी भएको भन्दै यसपटक उनको गुट एक ढिक्का हुन नसकेको कांग्रेस कार्यकर्ताले बताएका छन् । प्रखर वक्ता र अध्ययनमा रुचि राख्ने भएपनि द्विवेदीको पहलकदमी लिन अग्रसरता नलिने बानीकै कारण उनका समकालिन नेताहरुले अहिले केन्द्रको राजनीतिमा पकड जमाइसकेका छन् । उनी भने पटक पटक पराजित भएपनि जिल्लामै रमाइरहेका छन् ।


‘नेता भएर सबैलाई एकढिक्का बनाएर अगाडि बढ्नु पर्ने हो,’ कांग्रेसका एक महासमिति सदस्यले भने, ‘द्विवेदीका लागि अघिल्लो चुनावहरुमा सबै एक भयौँ, तर, यसपाली अरुको पालो आउँदा गुट विखण्डन भयो ।’ एक पटक उपमेयर, पार्टी सभापति र सभासद भइसकेका द्विवेदी, यसअघि सभापतिमा दुई पटक पराजित भएका  थिए् । दोस्रो संविधान सभाको निर्वाचनमा पर्साको क्षेत्र नम्बर २ मा एमालेका विचारी यादव विजयी हुँदा उनी तेस्रो नम्बरमा थिए । पर्सा क्षेत्र नम्बर १ का सांसद तथा पार्टीमा पौडेल गुटका नेता राजेन्द्र बहादुर अमात्यले अन्तिम अवस्थामा आएर देउवा गुटका द्विवेदीलाई समर्थन गरेका छन् । उनकै गुटका निवर्तमान सचिव अशोक जयसवालले सभापतिमा उम्मेदवारी दिएपनि अमात्यले अन्तर्घात गरेको कार्यकर्ताले आरोप लगाएका छन् । पछिल्लो ६ महिने मधेस आन्दोलन र नाकाबन्दीका बेला गृहजिल्ला छाडेर काठमाडौँ बसेका अमात्यसंग कार्यकर्ता यसै पनि रुष्ट छन् । अमात्यको आड भरोसामा उनको गुटबाट सभापतिमा उम्मेदवारी दिएका अशोक जयसवाल अलपत्र परेका छन् । उनलाई सुरेन्द्र चौधरीले पनि साथ दिएनन ।


प्रदेश नम्बर २ का पार्टी इन्चार्ज तथा केन्द्रीय सदस्य रमेश रिजाल र सांसद तथा पार्टी सभापति सुरेन्द्र चौधरीले यसपालि वशिष्टनारायणलाई सघाएका छन् । हालसम्म पार्टीमा कुनै पद नलिएका वशिष्टनारायण कार्यकर्तासँग जोडिएका पुराना नेता मानिन्छन् । आफूले परिवर्तनका लागि उम्मेदवारी दिएको उनले कार्यकर्तालाई बताउने गरेका छन् । विगत २० वर्षदेखि पार्टीमा नयाँ नेतृत्व नआउँदा अधिकांश नेता कार्यकता पार्टी छाडेर अन्य दलमा गइरहेका छन् । नयाँ पुस्ताले कहिले मौका पाउँछन् । ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति तथा युवा नेता इम्तियाज आलम वशिष्टको प्यानलमा कोषाध्यक्ष र सचिवमा दिनेश चौधरीले उम्मेदवारी दिएका छन् ।

 

जिविस सभापति र उपसभापति हुँदा सबै गाविसमा आफ्नै खालको नेटवर्क तैयार पारेका क्षेत्री पनि बलिया उम्मेदवार मानिएका छन् । माथिललो तहमा नेतृत्व गर्ने नेताहरु द्विवेदी र कुर्मीको पक्षमा रहदा युवा पंक्ति र दोश्रो बरियताका नेताहरुभने यस पटक क्षेत्रीको पक्षमा देखिएका छन । ईशवर भक्त श्रेष्ठ,दिनानाथ ठाकुर,श्याम पोख्रेल हेम नारायण चौधरी लगायतका नेताहरु क्षेत्रीको पक्षमा देखिएका छन । क्षेत्रीको समुहबाट सचिव र कोषाध्यक्षमा उम्मेदवार बनाइएका कृष्णमोहन यादव र राजेवर साह पौडेल समुहका मानिन्छन ।  यस पटकको अधिवेशनले पर्सा कांग्रेसमा परम्परागत गुटहरु टुट फूट भएर नयाँ गुटहरुको जन्म भएको छ । अघिल्लो अधिवेशनमा द्विवेदीकै पक्षमा रहेकी कांग्रेस प्रजातान्त्रिकमा द्विवेदी सभापति हुदा उपसभापति रहेकी सुश्री शान्ति कार्की पनि अहिले सभापतिको उम्मेदवार बनेकी छिन । स्व.नेता कृष्ण प्रसाद भट्टराईकै सहयोद्धाको रुपमा काम गरेकी कार्की नेपाली कांग्रेस भित्र त्यागी नेताको रुपमा रहेकी छिन । कांग्रेसको विधान अनुसार उम्मेदवार बिजयी बन्न खसेको मतको ५१ प्रतिशत हासिल गर्नुपर्छ । पहिलो चरणको मतदानमा एकजना उम्मेदवारले ५१ प्रतिशत मत नल्याए सर्वाधिक मत ल्याउने दुई उम्मेदवार बीच निर्वाचन गरिने प्रमुख निर्वाचन अधिकृत देवेन्द्र कोइरालाले बताए ।  

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

मधेसका चार सय तीन परिवार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट लाभान्वित

सर्लाही ।  सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत मधेसका आठ जिल्लाका कुल ४०३ परिवार बिधुतसेवा पहुँचमा जोडिएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.