logo

सांसद यादवद्वारा गइयाघाट पुलको शिलान्यास

      2/6/2017 गते 00 00 मा प्रकाशित     1608   पटक पढिएको

वीरगंज,माघ २४

पर्सा क्षेत्र नं. २ का सांसद बिचारी प्रसाद यादवले आज एक कार्यक्रमका बिच गइयाघाट पुलको शिलान्यास गरेका छन । वीरगंज उपमहानगरपालिका वडा नं. २६ प्रसौनी बिर्ता स्थित श्रीसिया खोलामा डिभिजन सडक कार्यालय हेटौंडाको आर्थिक सहयोगबाट बन्न लागेको पुलकोे शिलान्यास गरेका हुन । 

शिलान्यास पश्चात पत्रकारहरु संग कुरा गर्दै सांसद यादवले १० करोडको लागतमा  निर्माण भईरहेको पुलबाट वीरगंज उपमहानगरपालिका वडा नं.२६ प्रसौनी बिर्ता, वडा नं.१७ पिपरा,बहुअरी मुस्लिम टोल ,मनियारी ,ईनरवा,सुखचैना  लगायतको गाबिस र वडाका बासिन्दाहरु लाभान्वित हुने बताए । सानो छदा आफु यस गइया घाटमा गाई चराएको र पानी खाएका गाँउेले यस ठाँउलाई बिकास गर्न पुल निर्माण गर्न लागेको सांसद यादवले बताए । यादवले गईया घाट सडकको  अतिक्रण गरिएको जग्गा यस अघिनै निकालि सकेको बताए । निर्वाचित सांसद लाई एक पुल र एक सडक निर्माण योजना अन्र्तगत सो पुल निर्माण गर्न  लागिएको सांसद यादवले बताए । गइया घाट देखि प्रसौनी जोडने सडक ७८ फिट चौडा रहेको सांसद यादवले जानकारी दिए ।

७२ मिटर लम्बाई र ११ मिटर चौडाई भएको पुल “प्रि स्टेस्ड”मोडलमा निर्माण हुन लागिएको र डिएस  मोना कन्र्सटक्सनका ठेकेदार रामाकान्त चौरसियाले दुई बर्ष भित्र सो पुलको निर्माण गर्ने ठेक्का लिएको डिभिजन  सडक कार्यालय हेटौडाका ईन्जिनियर आश्विनी कुमार यादवले बताए । साथै ईन्जिनियर यादवले पुलको दुटै साइड २००÷२०० मिटर पिच सडक निर्माण समेत गर्ने जानकारी दिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.