परवानीपुर २९ फागुन ।बारा क्षेत्र नं ४ का सभासद नेजमा आलमले परवानीपुर गाउपालिकाको हरपुर गाऊँ मा शहीद महमूद आलम स्मृति पार्क को शिलान्यास गरेकी छिन । पार्कको शिलान्यास गर्दै सभासद आलमले स्थानीय नागरिकको सहयोगमा पार्क निर्माण हुने बताइन । उनले जनताको सहयोगकै कारण आफूले पर्यटन तथा संस्कृती मन्त्रालय ७ लाख रुपैया विनियोजन गराउन सफलता पाएको बताइन । सभासद आलमले लोकतंत्रमा सबै दलले बोल्न पाउने र जनतालाई सबै दलको विचार सुन्न पाउने अधिकार भएकोले मधेशवादी दलहरुले एमाले प्रति गरेको निषेधको राजनीतिले मधेशी जनताको लोकतान्त्रिक अधिकार माथि नै प्रहार भएको प्रष्ट पारिन सभासद आलमले बारा जिल्लामा भइरहेको विकास निर्माणको कामहरुले आउने स्थानीय तहका निर्वाचनमा एमालेको बिजयलाई कसैले रोक्न नसक्ने बताइन । कार्यक्रममा बोल्दै सिम्रौनगढ पर्या पर्यटन प्रर्वद्धन बिकास समिति सिम्रौनगढका सदस्य रामपाल यादवले स्वर्गीय महमूद आलमको सपना पूरा गर्न को निम्ति पार्क निर्माण हुदै गरेको बताए । उनले पर्यटन बोर्ड बाट गर्न सकिने सबै सहयोग गर्न तयार रहेको आश्वाशन ब्यक्त दिए । छात्तापिपरा का पूर्व अध्यक्ष तथा एमाले बारा सदस्य भूदेव चौदरी ले जनताको हक अधिकार संबिधानले संस्थागत गरिसकेको हुदा अब विकास निर्माणको कार्यले मात्रै जनतामा लोकप्रियता कमाउने बताए । कलामुद्दीन अंसारीले सञ्चालन गरेकोे कार्यक्रमको अध्यक्षता दौलत अंसारी गरेका थिए । स्वागत मन्तब्य अलीजान अंसारीले ब्यक्त गरेका थिए । कार्यक्रममा बारा एमाले सचिवालय सदस्य मुस्लिम अंसारी, बारा ४ एमाले उपसचिव ई. मोबिन आलम, एमाले हरपुर सदस्य सोबराती अंसारी लगायतकाले मन्तब्य राखेका थिए ।
तपाईको प्रतिक्रिया