विरगंज २८ फाल्गुन स् संघिय समाजवादी फोरम नेपालको पर्सा क्षेत्र नं। २ को क्षेत्रीय अधिवेशन आज गा।वि।स चोर्नीमा सम्पन्न भएको छ । क्षेत्र नं। २ को गाविस चोर्नीमा सम्पन्न अधिवेशनले वाशुदेव यादवको अध्यक्षतामा ५४ सदस्यीय क्षेत्रीय कमिटी गठन गरेको छ ।
कमिटीको उपाध्यक्षमा प्रयाग भंडारी, असरफी साह त्यस्तै सचिवमा राधाकृष्णन रैनियार साह, सचिव बिनेश साह कानु, कोषाध्यक्षमा देवनाथ पटेल, सदस्यमा शिवनाथ पटेल, हरिशंकर कुशवाहा, सुबाश गुप्ता, भरत यादव लगायत रहेक छन ।
कार्यक्रममा संघिय समाजवादी फोरम नेपालका केन्द्रिय उपाध्यक्ष एवं सांसद लाल बाबु राउत गदी , जिल्ला अध्यक्ष प्रदिप यादव संघिय समाजवादी फोरम नेपालका पुर्व राज्य मन्त्रि करिमा बेगम, चर्चित उद्योगपति विजय सरावगी, हरिनारायण रौनियार, युवा नेता फिरोज मन्सुर, महिला नेत्री सुनिता शाह लगायत नेता कार्यकर्ताको उपस्तिथी रहेको थियो ।
तपाईको प्रतिक्रिया