logo

निर्वाचन परिचालन समिति

      5/7/2017 गते 00 00 मा प्रकाशित     1013   पटक पढिएको

भद्रपुर, २४ वैशाख । नेपाली काँग्रेस भद्रपुर नगर समितिले स्थानीय तह निर्वाचन परिचालका लागि दुई हजार एक सय सदस्यीय निर्वाचन परिचालन मूल समिति गठन गरेको छ ।


नगर सभापति मोहन महर्जनको नेतृत्वमा नगर समिति, नगर क्षेत्रमा गाभिएका पूर्व गाउँ समिति, क्रियाशील सदस्य तथा भ्रातृ सङ्गठनका सम्पूर्ण पदाधिकारी सदस्य रहने गरी परिचालन समिति गठन गरिएको हो ।


समितिमा काँग्रेसको भद्रपुर नगर क्षेत्रका एक हजार पाँच सय ७० क्रियाशील सदस्य तथा नेपाल तरुण दल, नेपाल महिला सङ्घ, नेपाल दलित सङ्घ, नेपाल आदिवासी जनजाति सङ्घ, नेपाल श्रमिक सङ्घ, नेपाल शिक्षक सङ्घ, नेपाल विद्यार्थी सङ्घलगायत भ्रातृ संस्थाका पदाधिकारी र सदस्य पनि राखिएको नगर उपसभापति ज्ञानबहादुर चौहानले जानकारी दिनुभयो ।


यस्तै नगर निर्वाचनमा जनपरिचालन गर्न भद्रपुर नगर क्षेत्रका चार स्थानमा सम्पर्क पार्टी कार्यालय स्थापनासमेत गरिएको छ । साबिक पृथ्वीनगर गाउँ समितिको कार्यालय, महेशपुरको पार्टी कार्यालय, भद्रपुर बजार क्षेत्र र चन्द्रगढीको लेखनाथ चोकमा सम्पर्क कार्यालय तोकिएको जनाइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.