logo

‘समस्याका समाधानका लागि संसद् बैठक स्थगित’

      5/7/2017 गते 00 00 मा प्रकाशित     1387   पटक पढिएको

काठमाडौँ, २४ वैशाख । आपसी वार्ता र संवादमार्फत मुलुकको समसामयिक समस्या समाधानका लागि सहज गर्ने उद्देश्यले व्यवस्थापिका–संसद्को आजको बैठक स्थगन गरिएको छ ।


सभामुख ओनसरी घर्तीले संसद् परिसरमा आज पत्रकार सम्मेलन गरी राज्यप्रतिको जिम्मेवारीलाई आत्मसात् गर्दै आपसी वार्ता र संवादमार्फत समस्याको समाधान गर्न सहज होस् भन्ने उद्देश्यले बैठक आगामी जेठ ४ गतेसम्मका लागि स्थगन गरिएको जानकारी दिनुभयो । आज अपराह्न १ बजेका लागि तोकिएको संसद् बैठक नबसी सूचना टाँस गरेर स्थगन गरिएको हो ।


सभामुख घर्तीले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव संसद्मा विधिवत् रुपमा प्रवेश भइसकेको अवगत गराउँदै भन्नुभयो, “संसद्मा प्रवेश गरिसकेको प्रस्ताव कसरी अगाडि बढाउने भन्ने विषय संसद्को आन्तरिक र विशेष धिकार हो ।”


नेपालको संविधानको धारा १०१ को उपधारा ९२० बमोजिम व्यवस्थापिका–संसद्का दुई सय ४९ सदस्यले हस्ताक्षर गरी प्रधानन्यायाधीश कार्कीविरुद्ध यही वैशाख १७ गते महाभियोग प्रस्ताव संसद् सचिवालमा दर्ता गरेका थिए ।


संविधानले शक्ति पृथक्कीकरणको सिद्धान्तानुसार कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका काम, कर्तव्य र अधिकारका सम्बन्धमा स्पष्ट व्यवस्था गरेको धारणा व्यक्त गर्दै सभामुख घर्तीले संविधानले व्यवस्था गरेबमोजिम राज्यका तीनै निकाय आफ्नो संवैधानिक सीमाभित्र रहनुपर्ने प्रस्ट मान्यता रहेको बताउनुभयो ।


“राज्यका प्रमुख निकायका बीचमा टकराव हँुदा नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट स्थापित लोकतन्त्रलाई संस्थागत गर्न र आसन्न निर्वाचनलाई समेत प्रतिकूल असर पार्दछ,” उहाँले भन्नुभयो, “यस्तो अवस्थालाई ध्यान दिँदै राज्यका सबै निकाय र पदाधिकारीले आआफ्नो भूमिकामा आत्मसमीक्षा गर्दै धैर्य एवम् संयमतापूर्वक समाधान निकाल्न आवश्यक छ ।”

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

बैशाख महिनामा १ सय ४४ मुद्धा दर्ता गरेर अनुसन्धान गर्दै पर्सा प्रहरी

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बैशाख महिनामा १ सय ४४ वटा मुद्धा दर्ता गरेर अनुसन्धान शुरु गरेको जनाएको छ ।

इँटाको चाङ खस्दा तीन मजदुरको मृत्यु, दूई घाइते

हरिपुर । सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इँटा उद्योगमा इँटाको चाङ खस्दा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.