logo

राजधानीमाग्दै पाँचौ दिनपनि रिले अनशन 

      1/9/2018 गते 00 00 मा प्रकाशित     1225   पटक पढिएको

वीरगन्ज, २५ पुस । गत शुक्रबार देखि प्रदेश नम्बर २ को प्रादेशिक राजधानी वीरगन्जलाई बनाउनुपर्ने माग गर्दै वीरगन्जमा शुरु भएको रिले अनशन मंगलबार पाचौ  दिन पनि बसेका छन् ।

वीरगन्ज राजधानी संघर्ष समितिको अगुवाइमा घण्टाघर चोकमा जारी रिले अनशनमा पाँचौ दिन मंगलबार मधेसी दलले पनि समर्थन जनाउदै अनशनमा बसेका छन् ।

मंगलबार अधिकांश मधेसी दलका नेता कार्यकर्ताहरु बसेका छन् । रिले अनशनमा संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य फिरोज मन्सुर, नेताहरु शशीकपुर मियाँ, वीेरेन्द्र यादव, सुधिरनाथ पाण्डे, नागेन्द्र यादव, राम अज्ञा कुशवाहा, विकास चौधरी, प्रमोद यादव, पुष्पा पाण्डे, कृष्णा यादव, प्रमोद यादव, रुदल ठाकुर र हरेन्द्र ठाकुर बसेका थिए ।

यसैबीच फोरम नेपालबाट प्रदेशसभा सदस्यमा सिफारिस फोरम नेपालकी नेतृ भीमा यादवले आन्दोलनको समर्थन गरेकी छिन् । उनले मंगलबार घण्टाघरको अनशन स्थलमा पुगेर आन्दोलन प्रति  समर्थन र  ऐक्यबद्धता जनाएकी हुन् ।

सामाजिक संस्था प्रकृतिक सेवा प्रतिष्ठान नेपालले पनि प्रादेशिक राजधानी वीरगंजलाई बनाउन माग राख्दै वीरगन्जमा जारी आन्दोलन प्रति समर्थन जनाएको छ ।

संस्थाका अध्यक्ष जशपाल सिहंले रातिको समयमा अनशनमा बस्ने आन्दोलनकारीहरुलाइ आगो ताप्नका लागि दाउरा सहयोग पनि गरेका छन् । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.