logo

सातबुँदे माग राख्दै नेविसंघद्वारा हस्ताक्षर अभियान शुरु 

      1/11/2018 गते 00 00 मा प्रकाशित     1150   पटक पढिएको


वीरगंज,२७ पुस । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ पर्साले शैक्षिक मुद्दामा विभिन्न सातबुँदे माग गर्दै बिहिबारदेखि वीरगंजको घण्टाघरमा हस्ताक्षर संकलन कार्य शुरु गरेको छ ।

संगठनको केन्द्रीय कार्यक्रम अनुसार देशव्यापी रुपमा वीरगंजमा पनि विभिन्न माग राख्दै नेपाल विद्यार्थी संघले हस्ताक्षर संकलन कार्यक्रम शुरु गरेको हो । बिहिबार मध्यान्ह १२ बजे देखि शुरु भएको कार्यक्रममा सयौ जनाले हस्ताक्षर गर्नेक्रम जारी रहेको र माघ २ गते सम्म हस्ताक्षर अभियान जारी रहने विद्यार्थी नेता दिलिपराज कार्कीले बताए । संघले सारेको माग प्रति सर्वसधारणले समर्थन जनाउँदै हस्ताक्षर गरिरहेका हुन् ।

नेपालको संविधान २०७२ को भाग ३ को दफा ३५ बमोजिम हरेक नेपालीले स्वस्थ रहन गरिएको व्यवस्था अनुसार विद्यार्थाीको निःशुल्क स्वास्थ्य विमा गराउनु पर्ने, शैक्षिक प्रमाणपत्र धितो राखेर कुनै पनि बैंकबाट सहजै ऋण पाउनु पर्ने ७ वटै प्रदेशमा मेडिकल कलेजको स्थापना, ७७ जिल्लाको हरेक स्थानीय तहमा एउटा प्राविधिक कलेजको स्थापना तथा हरेक विद्यालयामा ई–लाइब्रेरीको व्यवस्था सरकारले गर्नुपर्ने माग राखेका छन् । 


 नेपाल विद्यार्थी संघले शुक्रवार पर्साका प्रमुख जिल्ला अधिकारीलाई मागको सम्बन्धमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको नेवि संघका विद्यार्थी नेता दिलिपराज कार्कीले जानकारी गराए । हस्ताक्षर अभियानमा विद्यार्थी संघका केन्द्रीय सदस्य सुधिर पटेल, बद्री तिवारी, रामनिवास यादव, राकेश कुशवाहालगायतको अभियानमा सहभागिता थियो ।


आपूmहरुले गरेको माग पूरा नभए केन्द्रमा अनशन बस्ने समेतको कार्यक्रम रहेको कार्कीले बताए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.