logo

सातबुँदे माग राख्दै नेविसंघद्वारा हस्ताक्षर अभियान शुरु 

      1/11/2018 गते 00 00 मा प्रकाशित     1519   पटक पढिएको


वीरगंज,२७ पुस । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ पर्साले शैक्षिक मुद्दामा विभिन्न सातबुँदे माग गर्दै बिहिबारदेखि वीरगंजको घण्टाघरमा हस्ताक्षर संकलन कार्य शुरु गरेको छ ।

संगठनको केन्द्रीय कार्यक्रम अनुसार देशव्यापी रुपमा वीरगंजमा पनि विभिन्न माग राख्दै नेपाल विद्यार्थी संघले हस्ताक्षर संकलन कार्यक्रम शुरु गरेको हो । बिहिबार मध्यान्ह १२ बजे देखि शुरु भएको कार्यक्रममा सयौ जनाले हस्ताक्षर गर्नेक्रम जारी रहेको र माघ २ गते सम्म हस्ताक्षर अभियान जारी रहने विद्यार्थी नेता दिलिपराज कार्कीले बताए । संघले सारेको माग प्रति सर्वसधारणले समर्थन जनाउँदै हस्ताक्षर गरिरहेका हुन् ।

नेपालको संविधान २०७२ को भाग ३ को दफा ३५ बमोजिम हरेक नेपालीले स्वस्थ रहन गरिएको व्यवस्था अनुसार विद्यार्थाीको निःशुल्क स्वास्थ्य विमा गराउनु पर्ने, शैक्षिक प्रमाणपत्र धितो राखेर कुनै पनि बैंकबाट सहजै ऋण पाउनु पर्ने ७ वटै प्रदेशमा मेडिकल कलेजको स्थापना, ७७ जिल्लाको हरेक स्थानीय तहमा एउटा प्राविधिक कलेजको स्थापना तथा हरेक विद्यालयामा ई–लाइब्रेरीको व्यवस्था सरकारले गर्नुपर्ने माग राखेका छन् । 


 नेपाल विद्यार्थी संघले शुक्रवार पर्साका प्रमुख जिल्ला अधिकारीलाई मागको सम्बन्धमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको नेवि संघका विद्यार्थी नेता दिलिपराज कार्कीले जानकारी गराए । हस्ताक्षर अभियानमा विद्यार्थी संघका केन्द्रीय सदस्य सुधिर पटेल, बद्री तिवारी, रामनिवास यादव, राकेश कुशवाहालगायतको अभियानमा सहभागिता थियो ।


आपूmहरुले गरेको माग पूरा नभए केन्द्रमा अनशन बस्ने समेतको कार्यक्रम रहेको कार्कीले बताए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

आत्मदाह प्रयास पछि गम्भिर घाइते भएका सर्लाहीको गोडैताका मण्डलको मृत्यु

हरिवन । आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको उपचारकै क्रममा मृत्यु भएको छ ।

नारायणी वाङ्गमय कृति सम्मान साहित्यकार  गौतमको कथासङ्ग्रह ‘च्यातिएका पानाहरू लाई प्रदान

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठान र लक्ष्मी साहित्य समाजको संयुक्त आयोजनामा २१३औँ भानु जयन्ती तथा नारायणी वाङ्गमय कृति सम्मान समारोह सम्पन्न भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.