वीरगन्ज, २ माघ । प्रदेश नम्बर २ को राजधानी बीरगंजलाई बनाइनु पर्ने माग राखेर शुरु गरिएको रिले अनशन मंगलवार १२ औ दिन पनि जारी छ ।
१२ औ दिनको अनशनमा माओवादी नेतृ दुर्गा क्षेत्री एमालेका युवा नेता अकलेस साह लगायतका युवाहरु अनशनमा बसेका छन ।
बीरगंज लगायत देशका अन्य क्षेत्रमा राजधानीकालागि भएका आन्दोलनका कारण सरकारले अस्थायी राजधानी तोक्ने तयारी गरेपनि सकेको छैन । मंगलवार पनि प्रदेशहरुको अस्थायी राजधानी तोक्ने सरकारी तयारी थियो ।
तर बुधवारमात्रै सरकारले अस्थायी राजधानीकोलागि निर्णय लिने बताइएको छ ।
बीरगंजको आन्दोलनले सबै क्षेत्रबाट सहयोग पाउदै गरेको छ । तर आन्दोलनको ब्यवस्थापन ठिक रुपमा नभएको भन्दै गुनासो समेत सुन्न थालिएको छ ।
तपाईको प्रतिक्रिया