logo

अनेरास्वबियु बाराको भेला सम्पन्न संयोजकमा इब्रा हम सर्वसम्मत

      3/9/2018 गते 00 00 मा प्रकाशित     1360   पटक पढिएको

कलैया २५ फागुन ।
नेकपा एमाले निकट अनेरास्वबियु बाराको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम शुक्रवार कलैयामा सम्पन्न भएको छ ।


भेलामा अनेरास्वबियु केन्द्रीय सचिब आरती लामाले बिद्यार्थीको हितमा काम गर्ने संगठन अनेरास्वबियु भएको बताइन ।

 

 उनले देशभक्त तथा प्रगतीशल बिद्यार्थीहरुको प्रतिनिधिमुलक संगठन अनेरास्ववियु शैक्षीक आन्दोलनको नेता राष्ट्रीयताको रक्षक र समृद्धिको सम्वाहक भएको बताइन ।

 

उनले नेपाली बिद्यार्थीहरुका काँधमा समृद्ध मुलुक निर्माणको गम्भिर दायित्व आउदै गरेको चर्चा गर्दै अव गतिशिलताका साथ उत्पादनसंग जोडिने संस्कृतिको बिकासमा ध्यान दिनु पर्नेमा जोड दिइन ।


त्यसैगरी कार्यक्रममा बोल्दै एमालेका नेता एबम पूर्व  खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले नयां संबिधानले निशुल्क शिक्षा,युबा रोजगारीको सुनिश्चतता गरेको बताउदै सबै मिलेर मुलुकलाइ समृद्ध बनाउन लाग्र्नु पर्ने बताए ।  

 

कार्यक्रममा एमाले केन्द्रीय सदस्यहरु बलबीर चौधरी,दिनेश राइ, केन्द्रीय सल्लाहाकार सदस्य अच्युत मैनाली ,प्रचार बिभाग प्रमुख मनोज पौडेल,बिद्यार्थी इन्चार्ज तारा बहादुर कार्की,ढुन्डिराज उप्रेति,बिक्रम ठाकुर ,धन बहादुर श्रेष्ठ,बिद्यार्थी नेता फरमुल्ला असारी, त्रिलोक बिक्रम साह लगाएतले प्रशिक्षण दिएका थिए ।

 

इब्राहम आलमको सभापतित्वमा सम्पन्न भेलाले पुन इब्राहम आलमको संयोजकत्वमा ३१ सदस्यीय जिल्ला कमिटी गठन गरेकोे छ । सह संयोजकमा राजेस, भैयाराम साह र मुकस पासवान रहेका छन भने सदस्यहरुमा राम कुमार न्यौपाने मुकेस कुसवाहा सौरभ अधिकारी,सतेन्द्र यादब लगाएत रहेका छन  ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

आत्मदाह प्रयास पछि गम्भिर घाइते भएका सर्लाहीको गोडैताका मण्डलको मृत्यु

हरिवन । आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको उपचारकै क्रममा मृत्यु भएको छ ।

नारायणी वाङ्गमय कृति सम्मान साहित्यकार  गौतमको कथासङ्ग्रह ‘च्यातिएका पानाहरू लाई प्रदान

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठान र लक्ष्मी साहित्य समाजको संयुक्त आयोजनामा २१३औँ भानु जयन्ती तथा नारायणी वाङ्गमय कृति सम्मान समारोह सम्पन्न भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.