वीरगन्ज, २७ फागुन ।
अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य इशक कुमार पासवानलाई ट्राफिक प्रहरीले गरेको दुव्र्यवहार प्रति अखिल क्रान्तिकारी पर्साले भत्र्सना गरेको छ ।
अखिल क्रान्तिकारीका पर्सा इन्चार्ज शिवम साहले आज एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साबाट ड्युटिमा खटिएका प्रहरी जवान नविन पटेलले अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य इशक कुमारलाई हिजो घण्टाघरमा हातपात र दुव्र्यवहार गरेको घटनाप्रति खेद प्रकट गर्दै ट्राफिक प्रहरी पटेललाई तत्काल कारवाही गर्न माग गरेको छ ।
केन्द्रीय सदस्य इशक कुमारले कुनै गल्ती गरेको भएपनि कारवाही गर्ने कानुनी बाटो हुँदाहुदै उनलाई प्रहरीले दुव्र्यवहार गर्दै हातपात गरेकोले दोषीलाई तत्काल कारवाही गर्न माग गरेको छ ।
दोषी प्रहरीलाई कारवाही नगरिए जस्तो सुकै आन्दोलन गर्न बाध्य हुने अखिल क्रान्तिकारीका जिल्ला इन्चार्ज शिवम साहले हस्ताक्षर गरेको विज्ञप्तिमा जनाएको छ ।
तपाईको प्रतिक्रिया