logo

बीरगंज महानगरसंग लामखुट्टे नियन्त्रणको माग गर्दै धर्ना र प्रर्दशन

      3/11/2018 गते 00 00 मा प्रकाशित     1546   पटक पढिएको

वीरगञ्ज २७ फागुन ।  नेपाली कांग्रेस  पर्साको १ नम्बर क्षेत्रीय समितिको नगरपालिका प्राङगणमा धर्ना दियो । बीरगंजको बाइपासमा सडक जाम गरेर प्रर्दशन भए ।

 

बिगतका वर्षहरुमा फागुनको पहिलो साता देखी नै लामखुट्टे नियन्त्रणकालागि महानगरले औषधी छर्ने काम गथ्र्यो । यस पटक त्यस्तो भएन । नगर नेतृत्वले बिस्र्यो कि भन्ने लागेर बिपक्षीदल धर्नामा उत्रिनु प¥यो । 

 


गर्मी बढेसँगै वीरगञ्ज महानगरपालिकामा लामखुट्टेको पनि बढ्यो त्यसलाई नियन्त्रण गर्न माग गर्दै धर्ना र प्रर्दशनहरु भए । 

 

लामखुट्टे नियन्त्रणको माग गर्दै नेपाली कांग्रेस क्षेत्रीय समितिले आइतबार वीरगञ्जमा बिहान साढे ११ बजे देखि दिउँसो साढे  १२  बजे सम्म एक घण्टा धर्ना दिएको हो ।

धुलो र लामखुटटेको समस्याले गर्दा बीरगंजका स्थानीयहरुले बाईपास सडक खण्डमा टायर बाली बिरोध प्रदर्शन गरे । धुलो र लामखुटटे कै कारणले गर्दा दिनहुं स्थानीयहरु बिरामी हुन थालेको भन्दै उनीहरुलेले चक्का जाम गरी बिरगंज महानगर पालिकाको ध्यानाकर्षण गराएका हुन । 


कांग्रेस क्षेत्रीय समितिले विभिन्न माग राखेर वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीलाई ज्ञापनपत्र समेत बुझाएको छ । ज्ञापनपत्रमा छिटोभन्दा छिटो लामखुट्टे नियन्त्रण गर्नुपर्ने, ट्राफिक र फोहोर व्यवस्थापन गर्नुपर्ने माग राखिएको छ ।

 

ज्ञापनपत्रमा लामखुट्टेले नगरवासीले सास्ती भोगिरहेका छन् महानगरलाई वास्तै छैन, ई रिक्सा अत्याधिक भएर नगरमा जाम बढेको छ व्यवस्थित नगरिएकोमा नेपाली कांग्रेसले ज्ञापन मार्फत चिन्ता ब्यक्त गरेको छ । 


यता,वीरगञ्ज महानगरपालिका कार्यालयले भने लामखुट्टे नियन्त्रणका लागि काम शुरु भइसकेको जनाएको छ ।कार्यालयका अनुसार शुक्रबारबाटै लामखुट्टे नियन्त्रणका लागि औषधि छर्ने काम शुरु भइसकेको हो ।महानगरले औषधि भनेपनि लामखुट्टे नियन्त्रणका लागि ‘मालाथिन’ नामक औषधि छर्ने चलन छ ।

 

महानगरपालिकाका सरसफाइ शाखाका प्रमुख अधिकृत राज ताम्राकारले  ‘विगतका वर्षहरुमा भन्दा केहि ढिला  भएकै स्वीकार गरे ।एकदुई दिनमै सबै वडामा समान वितरण गरेर नालामा स्प्रे र फगिङ गरिने उनको भनाइ छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.