logo

बीरगंज महानगरसंग लामखुट्टे नियन्त्रणको माग गर्दै धर्ना र प्रर्दशन

      3/11/2018 गते 00 00 मा प्रकाशित     1334   पटक पढिएको

वीरगञ्ज २७ फागुन ।  नेपाली कांग्रेस  पर्साको १ नम्बर क्षेत्रीय समितिको नगरपालिका प्राङगणमा धर्ना दियो । बीरगंजको बाइपासमा सडक जाम गरेर प्रर्दशन भए ।

 

बिगतका वर्षहरुमा फागुनको पहिलो साता देखी नै लामखुट्टे नियन्त्रणकालागि महानगरले औषधी छर्ने काम गथ्र्यो । यस पटक त्यस्तो भएन । नगर नेतृत्वले बिस्र्यो कि भन्ने लागेर बिपक्षीदल धर्नामा उत्रिनु प¥यो । 

 


गर्मी बढेसँगै वीरगञ्ज महानगरपालिकामा लामखुट्टेको पनि बढ्यो त्यसलाई नियन्त्रण गर्न माग गर्दै धर्ना र प्रर्दशनहरु भए । 

 

लामखुट्टे नियन्त्रणको माग गर्दै नेपाली कांग्रेस क्षेत्रीय समितिले आइतबार वीरगञ्जमा बिहान साढे ११ बजे देखि दिउँसो साढे  १२  बजे सम्म एक घण्टा धर्ना दिएको हो ।

धुलो र लामखुटटेको समस्याले गर्दा बीरगंजका स्थानीयहरुले बाईपास सडक खण्डमा टायर बाली बिरोध प्रदर्शन गरे । धुलो र लामखुटटे कै कारणले गर्दा दिनहुं स्थानीयहरु बिरामी हुन थालेको भन्दै उनीहरुलेले चक्का जाम गरी बिरगंज महानगर पालिकाको ध्यानाकर्षण गराएका हुन । 


कांग्रेस क्षेत्रीय समितिले विभिन्न माग राखेर वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीलाई ज्ञापनपत्र समेत बुझाएको छ । ज्ञापनपत्रमा छिटोभन्दा छिटो लामखुट्टे नियन्त्रण गर्नुपर्ने, ट्राफिक र फोहोर व्यवस्थापन गर्नुपर्ने माग राखिएको छ ।

 

ज्ञापनपत्रमा लामखुट्टेले नगरवासीले सास्ती भोगिरहेका छन् महानगरलाई वास्तै छैन, ई रिक्सा अत्याधिक भएर नगरमा जाम बढेको छ व्यवस्थित नगरिएकोमा नेपाली कांग्रेसले ज्ञापन मार्फत चिन्ता ब्यक्त गरेको छ । 


यता,वीरगञ्ज महानगरपालिका कार्यालयले भने लामखुट्टे नियन्त्रणका लागि काम शुरु भइसकेको जनाएको छ ।कार्यालयका अनुसार शुक्रबारबाटै लामखुट्टे नियन्त्रणका लागि औषधि छर्ने काम शुरु भइसकेको हो ।महानगरले औषधि भनेपनि लामखुट्टे नियन्त्रणका लागि ‘मालाथिन’ नामक औषधि छर्ने चलन छ ।

 

महानगरपालिकाका सरसफाइ शाखाका प्रमुख अधिकृत राज ताम्राकारले  ‘विगतका वर्षहरुमा भन्दा केहि ढिला  भएकै स्वीकार गरे ।एकदुई दिनमै सबै वडामा समान वितरण गरेर नालामा स्प्रे र फगिङ गरिने उनको भनाइ छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगंज कारागारका सबै कैदीबन्दको भाग्ने प्रयासमा सुरक्षा निकायको अवरोध कैदीबन्दी सुरक्षीत

वीरगञ्ज । वीरगको कारागार प्रशासनले एक बिज्ञप्ति जारी गरि कारागारका कैदी बन्दी सबै सुरक्षीत रहेको जनाएको छ । कैदी बन्दीहरुले भाग्ने प्रयास गरेको तर भाग्यो योजना सफल नभएको जनाएको छ ।

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.