logo

जहाज दुर्घटनाका मृतकहरुप्रति दीप प्रज्जवलन गरेर श्रद्धाञ्जली 

      3/13/2018 गते 00 00 मा प्रकाशित     922   पटक पढिएको

वीरगन्ज, २९ फागुन । सोमबार त्रिभुवन विमान स्थलमा भएको जहाज दुर्घटनामा परी मृत्यु भएकाहरुको सम्झनामा मंगलबार अखिल क्रान्तिकारी पर्साले दीप प्रज्जवलन गरी श्रद्धाञ्जली व्यक्त गरेको छ ।

 

अखिल क्रान्तिकारीका पर्सा संयोजक मित्रदेव यादवको अध्यक्षतामा वीरगन्जको घण्टाघरमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका युवा नेता रहबर अन्सारीले दीप प्रज्जवलन गरेर श्रद्धाञ्जली व्यक्त गरे ।

 

श्रद्धाञ्जली सभामा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य जुवैर मल्लिक, अखिल क्रान्तिकारीका पूर्व सचिवालय सदस्य प्रभाकर गुप्ता, संदिप विक्रम साह, संदिप पटेल,  सुनिल रौनियार लगायतको सहभागिता रहेको थियो । त्यस्तै माईस्थानमा पनि जहाजमा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

 

वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौगाईको अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्ज महानगरपालिकाकी उपमेयर सुश्री शान्ति कार्कीले मैनबत्ती बालेर दीप प्रज्जवलन गरेकी थिईन् ।

 

कार्यक्रममा वडा प्रहरी कार्याल वीर्ताका प्रहरी निरीक्षक अनिष कर्ण, युवा नेता ओमप्रकाश सर्राफ, सामाजिक अभियन्ता प्रकाश थारु, नेपाल रेडक्रसका राजन श्रीवास्तव, स्वतन्त्र मानव अधिकार समाजका केन्द्रीय कोषाध्यक्ष लालबाबु सिंह, प्रेम पटेल, रक्त सञ्चार केन्द्रका प्रमुख प्रविण मानन्धर,लगायतको सहभागिता रहेको थियो ।

 

कार्यक्रमको संचालन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य शिवम साहले गरेका थिए । श्रद्धाञ्जली सभामा एक मिनेट मौनधारण गरेर मृतकहरुको चीर शान्ति शान्तिको कामना गरेका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.