जनकपुर ६ चैत ।
प्रदेश सभा २ को बैठक सूचना टाँस गरेर स्थगीत गरिएको छ । प्रदेश सभाले कुनै विजनेस नपाएपछि प्रदेशसभा २ को बैठक ६ दिन स्थगित गरिएको हो ।
यस अघि सरकारले आजको बैठकमा अर्थ बिधयक प्रस्ुतत गर्ने तयारी गरेको थियो । अर्थ बिधयक प्रदेश सभबाट पास नभएका कारण प्रदेश सरकारले आर्थिक रुपमा कुनै काम गर्न पनि कठिनाई भइरहेको भन्दै प्रदेश सभालाई बिजनेश दिने तयारी थियो ।
आजको बैठकमा बिधयक प्रस्तुत हुने सुनेको त हो तर सूचना टाँस भएर बैठक नै रोकियो प्रदेश सभा सदस्य राजेश्वर साहले भने ।
आज बोलाइएको बैठकमा छलफलका कुनै विषय नभएपछि चैत १२ गतेसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
मंगलबार बोलाइएको बैठक सभामुख सरोजकुमार यादवले सूचना टाँस गरेर स्थगित गरेका छन् । संसदीय व्यवस्थामा संसदलाई विजनेस दिने काम सरकारको हो । बैठक चैत १२ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।
तपाईको प्रतिक्रिया