logo

राजनीतिमा दलितको पहुँच निराशाजनक : वत्ताहरु 

      3/22/2018 गते 00 00 मा प्रकाशित     1609   पटक पढिएको

वीरगन्ज, ८ चैत्र । दलितहरुले राजनीतिमा पहुँच बढाउन आफै अगाडि आउनुपर्नेमा राजनीतिक दलका नेताहरुले बताएका छन् । दलित सरोकार मञ्च नेपाल सप्तरी र जागरण सेण्टर नेपालको संयुक्त आयोजनामा वीरगन्जमा आयोजना गरेको ‘राजनीतिमा दलित समुदायको पहु“च’ विषयको मिडिया संवाद कार्यक्रममा दलित अगुवा तथा

अधिकारकर्मीहरुले तीनवटै तहको निर्वाचनमा दलितहरुलाई उपेक्षा गरेको दलित समुदायका अगुवाहरुले गुनासो गरेपछि पर्साका राजनीतिक दलका नेताहरुले केही दलित नेताहरुकै कारणले दलितहरुको समानुपातिक समावेशी प्रतिनिधित्व हुन नसकेको बताए ।

उनीहरुले दलितहरु अधिकारका लागि लड्दै आएको भएपनि राजनीतिको निर्णायक तहमा अझै पुग्न नसक्नुमा दलितहरुमा रहेको कमजोर मानसिकता नै मुख्य रहेको बताएका छन् । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सञ्चारकर्मी तथा दलित अधिकारकर्मी भोला पासवानले देशमा सम्पन्न तीनवटै तहको निर्वाचनमा दलित जनप्रतिनिधिहरुको उपस्थिति
संतोषजनक नरहेको बताए ।

अधिवत्ता प्रेमशंकर हरिजनको अध्यक्षतामा नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षामा आयोजित संवाद कार्यक्रममा नेकपा एमालका प्रभु पासवान, नेकपा माओवादी केन्द्रका बाबुराम कौशिक, नेपाली कांग्रेसका श्याम पटेल, संघीय समाजवादी फोरम नेपालका सुन्दर कुर्मी, राष्ट्रिय जनता पार्टी नेपालका शिव पटेल लगायत,

नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी लगायतले आ–आप्mना धारणा राखेका थिए । सञ्चारकर्मी वृजलाल पासवानले संचालन गरेको जागरण मिडिया सेण्टरका शिवहरी ज्ञवालीले कार्यक्रममाथि प्रकाश पारेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

आत्मदाह प्रयास पछि गम्भिर घाइते भएका सर्लाहीको गोडैताका मण्डलको मृत्यु

हरिवन । आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको उपचारकै क्रममा मृत्यु भएको छ ।

नारायणी वाङ्गमय कृति सम्मान साहित्यकार  गौतमको कथासङ्ग्रह ‘च्यातिएका पानाहरू लाई प्रदान

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठान र लक्ष्मी साहित्य समाजको संयुक्त आयोजनामा २१३औँ भानु जयन्ती तथा नारायणी वाङ्गमय कृति सम्मान समारोह सम्पन्न भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.