logo

प्रदेश २ मा ‘मुख्यमन्त्री स्वच्छता अभियान’को घोषणा

      3/23/2018 गते 00 00 मा प्रकाशित     1773   पटक पढिएको

जनकपुरधाम ९ चैत । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा स्वच्छताको स्तरलाई उच्च बनाउन ‘मुख्यमन्त्री स्वच्छता अभियान’ घोषणा गरेका छन् ।


सिरहालाई प्रदेश २ को पहिलो खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्दै मुख्यमन्त्री राउतले स्वच्छता मानव विकासको पहिलो खुटकिलो रहेको बताए । स्वच्छताको महिमामण्डन गर्दै मुख्यमंत्री राउतले स्वच्छतालाई सरकारी नीतिमा समावेश गराउने बताए ।  


मुख्यमंत्रीले कुचो लिएर प्रदेशका आठै जिल्लामा उत्रिने उद्घोषसमेत उनले गरे । मुख्यमन्त्री राउतले मानव विकास सूचकांकमा धेरै पछाडि रहेको प्रदेश २ लाई स्वास्थ्य, शिक्षा, र रोजगारमा ठूलै फडको मार्नु पर्ने आवश्यकता औल्याउदै त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।

 

मुख्यमंत्री राउतले बिकास भएन भनेर  निकै कराएको स्मरण गर्दै अव बाहान बनाएर उम्किने छुट नभएको बताए ।  उनले भने ‘जनप्रतिनिधिहरुलाई सबैभन्दा बढी इमान्दार भएर अगाडि बढ्‍ेमात्र  प्देश नं २ देशकै नमूना प्रदेश बनाउन सकिने बताए ।

भ्रष्टाचार यस प्रदेशको सबै भन्दा ठूलो समस्या रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले सरकारले शून्य सहनशीलताको नीति अवलम्बन गरेकाले भ्रष्टाचार गर्ने जो कोहीलाई पनि छुट निदिइने चेतावनी समेत दिए ।

मुलुकको ४८ औ खुल्ला दिशामुक्त जिल्ला बनेको सिरहाका स्थानीय तथा अभियानीहरुलाई  बधाई दिदै मुख्यमन्त्री राउतले प्रदेशको बाँकी जिल्लाको लागि सिरहा मार्ग दर्शक बन्ने विश्वास व्यक्त गरे ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगंज कारागारका सबै कैदीबन्दको भाग्ने प्रयासमा सुरक्षा निकायको अवरोध कैदीबन्दी सुरक्षीत

वीरगञ्ज । वीरगको कारागार प्रशासनले एक बिज्ञप्ति जारी गरि कारागारका कैदी बन्दी सबै सुरक्षीत रहेको जनाएको छ । कैदी बन्दीहरुले भाग्ने प्रयास गरेको तर भाग्यो योजना सफल नभएको जनाएको छ ।

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.