logo

प्रदेश नम्बर २ को सम्वृद्धि कृषि, उद्योग र पर्यटनमा जोड 

      4/4/2018 गते 00 00 मा प्रकाशित     1172   पटक पढिएको

वीरगन्ज, २१ चैत्र । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले प्रदेशको विकासका लागि भ्रष्टाचार नियन्त्रण गरी सुशासन आवश्यक रहेको बताएका छन् ।

प्रदेश नम्बर २ को आगामी नीति र कार्यक्रमको तर्जुमा तथा परिमार्जन सम्बन्धमा आयोजना गरिएको सुझाव संकलन कार्यक्रममा मुख्यमन्त्री गद्दीले प्रदेश नम्ब २ को विकासका लागि भ्रष्टाचार नियन्त्रण आवश्यक रहेको बताएका हुन् ।

उनले केन्द्रीय बजेट विनियोजन गर्दा जनसंख्या, गरिबीको प्रतिशत र मानव विकास सूचकांकको आधारमा गरिनुपर्ने बताउदै क्षमताले भ्याए सम्म प्रदेश नम्बर २ ले यहाँका निजीक्षेत्र तथा प्रदेश नम्बर २ का नागरिकले दिएको सुझावलाई कार्यान्वयनमा लाने प्रतिवद्धता व्यक्त गरे ।

सीमित साधन र स्रोत भएको प्रदेशमा जनताको चाहाना असीमित भएकाले त्यसलाई व्यावस्थापन गर्दै लाने भएकोले कुनै शंका नगर्न आग्रह पनि गरे । निजीक्षेत्रलाई प्रदेशमा उद्योगमा लगानी गर्न लगानीमैत्री वातावरण तयार गर्न प्रदेश सरकारबाट गर्नुपर्ने जुनसुकै सहयोग पनि गर्न तयार रहेको बताउदै उनले सुशासन कायम गरी सम्वृद्धिको आधार तयार पार्ने बताए ।

प्रदेश २ को विकासका लागि शिक्षामा विशेष जोड दिईने र केन्द्रसँग पनि प्रदेशका लागि विशेष प्याकेजमै सहयोग गर्न अनुरोध गरेको जानकारी दिए । विकासको प्रचुर सम्भावना रहेको प्रदेश नम्बर २ मा कृषि, पर्यटन र शिक्षाको हब बनाउन सकिने बताए ।

कार्यक्रमा प्रदेश नम्बर २ का अर्थमन्त्री विजय यादवले विकासको महत्वपूर्ण आधार भनेको शिक्षा, स्वास्थ्य कृषि, उर्जा र उद्योग रहेकोले यसको लागि समानताको नीति आवश्यक रहेको बताए ।

संघीय सरकारको बजेट समानताको आधारमा विनियोजन हुनुपर्ने बताउदै क्षमता अनुसार सौर्य उर्जालाई सार्वजनिक नीजि साझेदारीको अवधारणामा लिएर जाने बताए । जनकपुर चुरोट कारखाना, वीरगन्ज चिनी कारखाना, कृषि औजार कारखाना संचालनको पहल गर्ने र शहिद परिवारलाई क्षमता अनुसारको सरकार रोजगारीको व्यावस्था गर्ने आश्वासन दिए ।

आफ्नो मन्तव्यमा धेरै केन्द्रलाई दोष लगाउन समय खर्चिएका मन्त्री यादवले अहिले नेपालमा हिंसा मच्चाईरहेको विप्लव, गोईत र ज्वाला सिंह समूह बेरोजगारीका कारण भएको बताउदै कोहीपनि विप्लव, ज्वाला, गोईतका कार्यकर्ता नभएको र उनीहरुले हिंसालाई व्यापार बनाईरहेको बताए ।

उनले यस्ता खाले हिंसात्मक गतिविधिलाई प्रदेश सरकारले सतर्कतापूर्ण समाधान गर्ने बताए । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश शर्माको अध्यक्षतामा भएको छलफल तथा सुझाव कार्यक्रममा सहभागि उद्योगी व्यवसायीहरुले कृषि र पर्यटन उद्योगमा जोड दिन प्रदेश सरकारलाई सुझाव दिए ।

कार्यक्रममा उद्योगी जगदीश अग्रवाल, अशोक वैद, गणेश लाठ, अशोक टेमानी, प्रदीप केडिया, सुवोध गुप्ता, माधव राजपाल, आनन्द यादव लगायतले आ–आफ्ना सुझाव दिएका थिए । कार्यक्रमको सहजीकरण वीरगन्ज उद्योग वाणिज्य संघका प्रशासकीय अधिकृत मनोज उपाध्यायले गरेका थिए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

सहयोद्धा उपर दुरब्यवहारको आरोप, आयोगमा उजुरी,  संसदीय दलको नेता बाट दिए राजीनमा

जनकपुरधाम । आफनै सहयोद्धा महिला उपर दूरब्यवहार गरेको आरोप लागेपछि नेकपा माओवादी केन्द्रका मधेश प्रदेश संसदीय दलका नेता भरत साहले दलको नेताको पदबाट राजीनामा दिएका छन ।

राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको  अध्यक्षमा डा. पौडेल निर्वाचित

वीरगंज । राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनले डा. सन्तोष पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.