logo

छप्पकैयामा विभिन्न पार्टी परित्याग गरी तीनसय जना माओवादीमा प्रवेश 

      4/5/2018 गते 00 00 मा प्रकाशित     1048   पटक पढिएको

वीरगन्ज, २२ चैत्र ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १ बजार छप्कैयामा नेकपा माओवादी केन्द्रको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय तहको निर्वाचनमा वडा नम्बर १ बाट वडा अध्यक्षमा उम्मेदार रहेका रविन्द्र कोईरीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करिब तीनसय जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

छप्कैया र श्रीपुरबाट संघीय समाजवादी फोरम नेपाल र नेपाली कांग्रेस पार्टी परित्याग गरी माओवादीमा प्रवेश गर्नेहरुलाई युवा नेता रहबर अन्सारीले अविर र माला लगाएर स्वागत गर्नुभयो ।

युवा नेता अन्सारीले मुलूक निर्माणको अभियानमा जोडिन लागेका सबैलाई स्वागत गर्दै बिरामी समाज र राष्ट्रको उपचार गर्ने वास्तविक हैसियत वाम सरकारले मात्रै राखेको दावी गर्नुभयो । उहाँले २ नम्वर प्रदेशमा वामपन्थीको जीत नहुनु दुर्भाग्य भएको बताउदै देशमा स्थिरता, विकास र समृद्धिका लागि वाम शक्तिलाई बलियो बनाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा कांग्रेस र फोरमबाट माओवादी प्रवेश गरेका नेताहरुले नेपालमा एउटै कम्युनिष्ट केन्द्र निर्माण र समृद्धिका लागि आफूहरु माओवादीमा आएको बताएका थिए । कार्यक्रमा नेकपा माओवादीका नेताहरु हरि मण्डल, दुर्गा क्षेत्री, नन्दकिशोर पञ्जियार इन्जिनियर नुरुल होदा लगायतको उपस्थिति रहेको थियो ।   
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

सहयोद्धा उपर दुरब्यवहारको आरोप, आयोगमा उजुरी,  संसदीय दलको नेता बाट दिए राजीनमा

जनकपुरधाम । आफनै सहयोद्धा महिला उपर दूरब्यवहार गरेको आरोप लागेपछि नेकपा माओवादी केन्द्रका मधेश प्रदेश संसदीय दलका नेता भरत साहले दलको नेताको पदबाट राजीनामा दिएका छन ।

राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको  अध्यक्षमा डा. पौडेल निर्वाचित

वीरगंज । राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनले डा. सन्तोष पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.