बीरगंज २२ चैत्र ।
नेपाल संघिय समाजवादी पार्टीको पोखरीया नगरपालिकाको नगर कमिटीको आयोजनामा आज कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नगरकमिटीका संयोजक शंकर राउत अहिरले विभिन्न भातृसंगठनहरु निर्माण गरी संगठनको विस्तारमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
महिला नेतृ विना देवी वैठाले पोखरीया नगरपालिका भित्र स्वास्थ्य चौकी, विद्यालय, खानेपानी, विजुली बत्तिमा देखिएका समस्या समाधान गर्न पार्टीको तर्फबाट विशेष पहल गर्नु पर्ने बताउदै गरिव निमुखा जनता र पिडित पक्षको कुरालाई स्थानिय प्रशासनले नसुनेको दुखेसो व्यक्त गरे ।
कार्यक्रममा चोकट गिरी, गोपाल कुर्मी, महमुद राय, नगनारायण कलवार, हिरामन महतो, सुर्ज साह कानु, हरेन्द्र साह कानु, रामानन्द यादव लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
तपाईको प्रतिक्रिया