बीरगंज २९ चैत ।
नेपाल राष्ट्रीय शिक्षक संगठन पर्साको १२ जिल्ला अधिवेशनले शिवनाथ प्रसाद थारुलाई सर्वसम्मत रुपमा जिल्ला अध्यक्ष चयन गरेको छ ।
श्री दीपनारायण आर्दश उच्च माध्यामिक बिद्यालय औराह पंचगावाका प्रधानाध्यापक थारु उच्च बौद्धिक क्षमताका साथै निकै गतिशील प्रधानाध्यापकहरु मध्य पर्छन । प्रगतीशील शिक्षकहरुको संगठन कमजोर अवस्थामा रहेको पर्सामा थारुको नेतृत्वमा शिक्षक संगठनले नयाँ स्वरुप ग्रहण गर्ने बिश्वास जिल्ला भरिका शिक्षकहरुले गरेका छन ।
श्री पन्नालाल मावि बीरगंजमा हिजो र आज गरि सकिएको अधिवेशनले उपाध्यक्षमा केशव प्रसाद शर्मा सचिवमा रेयाज देवान सह सचिवमा अमृता चौधरी कोषाध्यक्षमा बसीर अहमद र सह कोषाध्यक्षमा निर्मला सहनीलाई सर्वसम्मत चयन गरेको छ ।
त्यस्तै समितिको सदस्यहरुमा महम्मद कमाल मन्सरी,करेश राउत गद्धी,राजदेव महतो थारु,प्रियाराम पौडेल,राजेश कुमार मिश्र,कमला ओझैया,रमेश ओझैया, लालमहममद मिया,कलिष्टर प्रसाद यादव ,शहदेव राउत ,शिवशंकर प्रसाद थारु,रामनरेश यादव र मेमा तमाङ्ग रहेका छन ।
त्यसैगरि केन्द्रीय प्रतिनिधिमा नेपालेन्दू साह ,अशोक चोधरी ,केशव प्रसाद रेग्मी र अमृता जोशी रहेको संगठनका नेता बिनोद गिरीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया