logo

युवालाई लक्षित गर्दै सिपमुलक तालिम ः मेयर डा. पौडेल

      4/12/2018 गते 00 00 मा प्रकाशित     1298   पटक पढिएको

जीतपुर, २९ चैत्र । जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले युवालाई लक्षित गर्दै स्वरोजगारमुलक सिप प्रदान गर्ने अभियानलाई प्राथमकितामा राख्दै अघि बढिरहेको बताएका छन् । 

 


उपमहानगरभित्र विभिन्न वडामा सञ्चालित सिपमुलक तालिमको विहिवार उद्घाटन गर्दै मेयर डा. पौडेलले ५० लाख भन्दा बढी युवा यतिबेला बैदेशिक रोजगारीका लागि विभिन्न देशमा रहनु दुःखद् रहेको भन्दै मेयर डा. पौडेलले सिप सिकेर नेपालमै काम गर्न सके आर्थिक रुपमा सबल हुनुका साथै समाज निर्माणमा समेत योगदान पुग्ने बताए । 

 


मेयर डा. पौडेलले यस आर्थिक बर्षमा पाच सय युवालाई सिपमुलक तालिममा सहभागी गराउने लक्ष्य रहेको बताएका छन् । विभिन्न उमेर समुहलाई लक्षित गर्दै सिपमुलक तालिम अघि बढाईरहेका र त्यसमा युवालाई प्राथमिकतामा राखेको भन्दै मेयर डा. पौडेलले भने तालिम पश्चात ब्यवसाय सञ्चालन गर्नका लागि सहयोग गर्न समेत उपमहानगर तयार रहेको बताए । 

 


नगरबासी आत्मनिर्भर हुन सके मात्रै समृद्ध उपमहानगरको परिकल्पना गर्न सकिने उनको भनाई थियो । आयआर्जन र स्वरोजगारका निम्ति मानव क्षमताको बिकास जरुरी रहेकाले सिपमुलक तालिमको सुरुवात गरेको बताए ।

 

मेयर डा. पौडेलले जीतपुरसिमरा २ मा लोकसेवा तयारी कक्षा, जीतपुरसिमरा ७ मा कम्प्युटर तालिम र सिलाई कटाई तालिम, जीतपुरसिमरा १५ मा हाउस वायरि», र जीतपुरसिमरा ५ मा मोटर वाईन्डि» तालिमको शुभारम्भ गरेका थिए । युवालाई लक्षित गर्दै सुरु गरिएको तालिममले रोजगारीका लागि बिदेशीनु पर्ने अवस्थामा पनि कमि ल्याउन मेयर डा. पौडेलको भनाई थियो । 

 


कार्यक्रममा उपमेयर सरस्वती चौधरीले सिपमुलक तालिमले क्षमता अभिबृद्धि गर्ने र स्वरोजगारका लागि सहयोग पुग्ने बताए । यसैगरी उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत रामकृष्ण उप्रेतीलाई तीन महिनासम्म सञ्चालन हुने तालिमपश्चात बेरोजगार भएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने भन्दै तालिमलाई गम्भिरताका साथ लिन आग्रह गरे । 

 


उपमहानगरको सामाजिक बिकास शाखा संयोजक शोभा कार्कीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष रामबाबु गुप्ता, वडा नम्बर १५ का अध्यक्ष रामप्रसाद लामिछाने, वडा नम्बर ५ का अध्यक्ष मोहित चौधरी, वडा नम्बर ३ का अध्यक्ष जगन्नाथ घिमिरे, वडा नम्बर ९ का अध्यक्ष प्रभुनाथ चौधरी, शाखा अधिकृत नागेन्द्र चौधरी, हरिकिशोर साहलगायतको उपस्थिती रहेको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

सहयोद्धा उपर दुरब्यवहारको आरोप, आयोगमा उजुरी,  संसदीय दलको नेता बाट दिए राजीनमा

जनकपुरधाम । आफनै सहयोद्धा महिला उपर दूरब्यवहार गरेको आरोप लागेपछि नेकपा माओवादी केन्द्रका मधेश प्रदेश संसदीय दलका नेता भरत साहले दलको नेताको पदबाट राजीनामा दिएका छन ।

राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको  अध्यक्षमा डा. पौडेल निर्वाचित

वीरगंज । राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनले डा. सन्तोष पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.