logo

जीतपुर सीमरा उपमहानगरमा एकीकृत सम्पत्ति कर लागु गरिनेः नगरप्रमुख डा. कृष्ण पौडेल

      4/22/2018 गते 00 00 मा प्रकाशित     1284   पटक पढिएको

 

सीमरा ९ बैशाख ।
जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले स्थानीय सरकार सञ्चालन ऐनले गरेको व्यवस्था बमोजिम आगामी आर्थिक वर्षबाट एकीकृत सम्पत्ति कर लागु गर्ने बताएका छन  ।

 

कार्यपालिका र कर्मचारीलाई एकीकृत सम्पत्ति करको वारेमा जानकारी गराउनका लागि आयोजना गरिएको दुई दिने अन्तरक्रिया कार्यक्रम समापन गर्दै डा. पौडेलले उक्त कुरा बताएका हुन  । सरकारले मालपोत तथा घरजग्गा करलाई खारेज गरेर एकीकृत सम्पत्ति कर विकल्पको रुपमा ल्याएको बताउदै यसलाई स्थानीय तहले लागु गर्नैपर्ने जिम्मेवारी रहेको बताए  ।

 

एकीकृत सम्पत्ति कर प्रगतिशिल भएको बताउदै डा. पौडेलले यो जग्गा र सोमा बनेको संरचनाको मूल्यांकनको आधारमा कर लाग्ने बताए  । उपमहानगरको समग्र विकासका लागि आवश्यक स्रोत व्यवस्थापन गर्नका लागि गम्भिर गृहकार्य गरिरहेका छौं । एकीकृत सम्पत्ति कर आन्तरिक आयस्रोतको महत्वपूर्ण हिस्सा हो । यसलाई प्रभावकारी रुपमा परिचालन गरेर जीतपुरसिमरा उपमहानगरपालिकामा पूर्वाधार विकास, सामाजिक विकास र न्यायका लागि काम गर्ने डा. पौडेलले बताए  ।

 

डा. पौडेलले आफुहरुले विकासको प्रक्रियालाई तीव्र बनाउने, सुशासन, पारदर्शी, भ्रष्टाचाररहित ढंगले काम गरिरहेको बताउ  । करको दरलाई सहुलियतपूर्ण बनाउने र सबैलाई समेटेर अघि बढने डा. पौडेलको भनाई छ  । 

 

कार्यक्रममा बोल्दै उपमेयर एवम् स्थानीय राजस्व परामर्श समिति संयोजक सरस्वती चौधरीले उपमहानगरपालिकाको समग्र विकास र उपमहानगरवासीको हितका लागि स्रोतहरु व्यवस्थापन गर्न लागेको बताइन  । 

 

सपोर्ट फर डेभलपमेन्ट इनिसियटिभ कन्सल्टेन्सीको सहजीकरणमा सम्पन्न कार्यक्रममा कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव विष्णु गौतम, विज्ञ पवन लोहनी र दामोदर गिरीलगायतले सहजीकरण गरेका थिए  ।

 

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण उप्रेती, कार्यपालिकाका सदस्यहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

सहयोद्धा उपर दुरब्यवहारको आरोप, आयोगमा उजुरी,  संसदीय दलको नेता बाट दिए राजीनमा

जनकपुरधाम । आफनै सहयोद्धा महिला उपर दूरब्यवहार गरेको आरोप लागेपछि नेकपा माओवादी केन्द्रका मधेश प्रदेश संसदीय दलका नेता भरत साहले दलको नेताको पदबाट राजीनामा दिएका छन ।

राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको  अध्यक्षमा डा. पौडेल निर्वाचित

वीरगंज । राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनले डा. सन्तोष पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.