logo

ठाकुररामको इकाई कमिटि अवैधानिक रहेको अखिल क्रान्तिकारीको दावी 

      5/11/2018 गते 00 00 मा प्रकाशित     1576   पटक पढिएको

वीरगन्ज, २८ बैशाख । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारी पर्साले ठाकुरराम बहुमुखी क्याम्पस इकाई कमिटि अवैधानिक रहेको बताएको छ ।

अखिल क्रान्तिकारी पर्साका इन्चार्ज शिवम साह र संयोजक मित्रदेव यादवले आज संयुक्त विज्ञप्ति जारी गर्दै बैशाख २६ गते संदिप विक्रम साहको अध्यक्षतामा गठन भएको इकाई कमिटि अवैधानिक रहेको जनाएको हो ।


विज्ञप्तिमा संगठनको विधि र विधान विपरित जिल्ला संयोजक समेतको अनुपस्थितिमा गुटबन्दी गरि संगठनको इकाई कमिटि गठन गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

केही व्यक्तिहरुको इशारामा संगठनलाई नै कमजोर बनाउने गरी इकाई कमिटि गठन गरेर आमसर्वसाधारणमा भ्रम सृजना गरेकोले त्यस्तो भ्रममा नपर्न आग्रह गर्दै संगठनको हित विपरित कार्य गर्नेहरुलाई कारवाही गर्ने समेत जनाएको छ ।

सम्मेलनमा केन्द्रीय सचिव गंगा दाहाल आएपनि कार्यक्रममा अनुपस्थित रहेकोले सम्मेलनबाट गठन भएको समिति अवैधानिक रहेको अखिल क्रान्तिकारीले जनाएको छ ।

विवादित विषयलाई सहमतिमा टुंग्याएर जिल्ला इन्चार्ज र संयोजकको मातहतमा सम्मेलन गर्न अखिल क्रान्तिकारीका प्रदेश नम्बर २ का इन्चार्ज सूर्यनारायण साहले निर्देशन दिएपनि निर्देशन नमानेर कमिटि गठन गरेको प्रति असन्तुष्टी व्यक्त गरेका छन् ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

सहयोद्धा उपर दुरब्यवहारको आरोप, आयोगमा उजुरी,  संसदीय दलको नेता बाट दिए राजीनमा

जनकपुरधाम । आफनै सहयोद्धा महिला उपर दूरब्यवहार गरेको आरोप लागेपछि नेकपा माओवादी केन्द्रका मधेश प्रदेश संसदीय दलका नेता भरत साहले दलको नेताको पदबाट राजीनामा दिएका छन ।

राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको  अध्यक्षमा डा. पौडेल निर्वाचित

वीरगंज । राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनले डा. सन्तोष पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.