logo

काँग्रेस जिल्ला सभापतिको राष्ट्रिय भेला गते हेटौंडामा हुने,विभिन्न १० समितिहरु गठन

      5/31/2018 गते 00 00 मा प्रकाशित     1011   पटक पढिएको

हेटौंडा, १७ जेठ । 
नेपाली काँग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला असारको ५, ६ र ७ गते ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा हुने भएको छ ।


नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता विश्वप्रकाश शर्माको उपस्तिथिमा विहिबार राष्ट्रिय भेला सफल बनाउनका लागि विभिन्न १० समितिहरु गठन गरिएको छ ।


पत्रकार सम्मेलनमा जानकारी दिंदै मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले प्रदेश समन्वय संयोजकमा उपसभापति विष्णुप्रसाद लामिछाने, मिडिया सेन्टर संयोजकमा जिल्ला सचिव बुद्ध लामा, मञ्च तथा हल व्यवस्थापनमा जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, प्रचारप्रसार संयोजकमा प्रवक्ता प्रदिप कोईराला रहनुभएको जानकारी दिनुभएको छ ।


त्यस्तै खाना संयोजकमा जिल्ला सदस्य रामबाबु बानियाँ, स्वास्थ्य संयोजकमा जिल्ला सदस्य राजिव सुवेदी, स्वयमसेवक समिति संयोजकमा जिल्ला सदस्य अर्जुन तिवारी, आभाष संयोजक सल्लाहकार भरत पराजुली, साँस्कृतिक संयोजक जिल्ला सदस्य सुशान्त श्रेष्ठ र अतिथि सत्कारमा हेटौंडा नगर सभापति आनन्दराम पराजुली रहनुभएको सभापति बानियाँले जानकारी दिनुभयो ।


सभापतिहरुको राष्ट्रिय भेलामा ७७ जिल्लाका सभापतिहरु र केन्द्रीय समितिका ८५ पदाधिकारी एवं सदस्यहरुको सहभागिता रहने केन्द्रीय प्रवक्ता शर्माले जानकारी दिए । 


केन्द्रीय प्रवक्ता शर्माले राष्ट्रिय भेला बदलिएको संरचनामा विधान कसरी बनाउने ? पार्टीको संगठन तथा भातृ÷शुभेच्छुक संघसंगठनहरु सुदृढिकरण कसरी गर्ने ? र समसामयिक राजनीतिक परिबेशको बारेमा केन्द्रित रहने बताएका छन  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

सहयोद्धा उपर दुरब्यवहारको आरोप, आयोगमा उजुरी,  संसदीय दलको नेता बाट दिए राजीनमा

जनकपुरधाम । आफनै सहयोद्धा महिला उपर दूरब्यवहार गरेको आरोप लागेपछि नेकपा माओवादी केन्द्रका मधेश प्रदेश संसदीय दलका नेता भरत साहले दलको नेताको पदबाट राजीनामा दिएका छन ।

राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको  अध्यक्षमा डा. पौडेल निर्वाचित

वीरगंज । राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनले डा. सन्तोष पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.