logo

राजपाको संसदीय दलको नेता चयनको बाटो खुल्यो, आगामी  बैशाखमा महाधिवेशन 

      6/20/2018 गते 00 00 मा प्रकाशित     1097   पटक पढिएको

काठमाडौं ६ असार ।
राष्ट्रिय जनता पार्टी (राजपा) ले असार ११ गते आफनो संसदीय दलको नेता चयन गर्ने सम्भावना बढेको छ । राजधनीमा तीन सम्म चलेको राजनीतिक समितिको बैठकले  संसदीय दलको बिधान पारित गरेपछि दलको नेता चयनको बाटो खुलेको हो । राजपाले तत्कालकालागि सरकारमा जाने बाटो समेत बन्द रहेको निष्कर्ष निकालेको छ । 


राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको तीन दिनसम्म चलेको राजनीतिक समितिको बैठकले आगामी वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको छ। बैठकले आगामी बैशाख ७ देखी ९ सम्मकोलागि महाधिवेशनको मिति तय गरेपनि स्थान भने तोकेको छैन ।


पार्टीको विधानमा महाधिवेशन एक वर्षभित्र गर्ने भनिएको प्रावधानलाई संशोधन गरी सोही बमोजिम निर्वाचन आयोगलाई जानकारी गराउने निर्णय भएको छ।

त्यसैगरी राजनीतिक समितिबाट आएको सुझाव समेटेर पार्टीको विधान संशोधन गर्न तीन सदस्यीय समिति पनि बनाइएको छ।

समितिमा लक्ष्मणलाल कर्ण, बृषेशचन्द्र लाल र सर्वेन्द्रनाथ शुक्ला छन्। विधान संशोधनका विषयवस्तुहरु तयार भएको खण्डमा २१ गते पुनः राजनीतिक समितिको बैठक बस्ने उपाध्यक्ष बृषेशचन्द्र लालले बताए।

यसैगरी राजपाको संसदीय दलको विधान पनि राजनीतिक समितिबाट पारित भएको छ। विधान पारित भएसँगै असार ११ गते संसदीय दलको नेता चयन हुने सम्भावना रहेको छ।


 निर्वाचित सांसदलाई अहिलेसम्म शपथ गराउन सक्ने अवस्थासमेत नबनेको दाबी गर्दै ओली सरकारले संविधान संशोधन नगर्ने निष्कर्ष राजपाले निकालेको छ। जसअनुसार तत्कालका लागि सरकारमा सहभागी हुने कुरा अस्वीकार गरिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

सहयोद्धा उपर दुरब्यवहारको आरोप, आयोगमा उजुरी,  संसदीय दलको नेता बाट दिए राजीनमा

जनकपुरधाम । आफनै सहयोद्धा महिला उपर दूरब्यवहार गरेको आरोप लागेपछि नेकपा माओवादी केन्द्रका मधेश प्रदेश संसदीय दलका नेता भरत साहले दलको नेताको पदबाट राजीनामा दिएका छन ।

राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको  अध्यक्षमा डा. पौडेल निर्वाचित

वीरगंज । राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनले डा. सन्तोष पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.