logo

मुलुकमा संक्रमणकाल अझै कायमै छः मुख्यमन्त्री राउत

      6/20/2018 गते 00 00 मा प्रकाशित     1112   पटक पढिएको

जनकपुरधाम, ६ असार । मुख्यमन्त्री लालबाबु राउतले मुलुकमा संक्रमणकाल अभैm कायमै रहेको तर्क गरेका छन ।

निर्वाचन आयोग नेपालले बुधबार जनकपुरधाममा आयोजना गरेको प्रदेश–२ निर्वाचन समिक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले तीनै (संघीय, प्रदेश र स्थानीय) तहको सरकारबीच समन्वय कायम नहुनुलाई संक्रमणकालको संज्ञा दिएका हुन ।

तीनै तहको सरकारबीच समन्वय गरेर अस्तित्वलाई स्वीकार गर्न चुनौती रहेको उनको भनाई थियो ।
उनले राखे  ।

निर्वाचन आयुक्त ईला शर्माको अध्यक्षतामा भएको समिक्षा कार्यक्रममा मुख्यमंत्री राउतले संघीयतालाई सफल बनाउन न्यायपालिकाको भूमिका महत्वपूर्ण रहेको बताए  ।

न्यायपालिकाको सहयोग बिना संघीयता पूर्ण रुपमा कार्यान्वयन हुन नसक्ने मुख्यमन्त्री राउतले दावी गरे  ।

नयाँ संरचना छ, उनले भने –नयाँ सोचले अघि बढ्नुपर्छ । पुरानो सोचले नयाँ संरचनालाई हेर्दा हुँदैन् । समाजमा संक्रमणकाल अभैm यथावत रहेको जिकिर गर्दै उनले  एकअर्का बीच सहकार्यको विकल्प नरहेको बताउ  ।

स्थानीय तह, प्रदेशसभा, प्रतिनिधिसभा, राष्ट्रियसभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा मुख्यमन्त्री राउतले निर्वाचन आयोगलाई धन्यवाद ज्ञापन गरे  ।

सो अवसरमा निर्वाचन आयुक्त इला शर्माले प्रदेश २ सरकारले हालै पारित गरेको प्रहरी ऐनको प्रशंसा गरिन ।

प्रहरीमा ५० प्रतिशत महिलाको लागि व्यवस्था गरिएकोमा उनले प्रदेश सरकारको प्रशंसा गरेकी  हुन ।

दुई दिने समिक्षा बैठकमा प्रदेश प्रमुख राजेश्वरमान सिंह लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

समिक्षा बैठकमा निर्वाचन आयोग, जिल्ला  निर्वाचन कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.