logo

कालिकामाईमा समाजवादी पार्टीको पार्टी प्रवेश कार्यक्रम 

      2/1/2020 गते 00 00 मा प्रकाशित     1499   पटक पढिएको

वीरगन्ज, १९ माघ । समाजवादी पार्टी पर्साले कालिकामाई गाउँपालिकामा आज पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको छ । पार्टीका कालिकामाई गाउँपालिका अध्यक्ष दिनेश साह कलवारको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी (राजपा) परित्याग गरि करिब पाँचसय जना समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

नवप्रवेशीहरुलाई पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले पूmलमाला, अविर र टिका लगाई प्रवेश गराएका छन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै उपाध्यक्ष एवं मुख्यमन्त्री लालबाबु राउतले नेकपा र नेपाली कांग्रेस लगायतका दलहरुको संघीयता र समावेशिताको एजेण्डा नभएको र समग्र एजेण्डा समाजवादी पार्टीले लिएर अगाडि बढेकोले भ्रममा नपर्न आग्रह गरे ।

कार्यक्रममा केन्द्रीय सदस्य प्रल्हाद गिरी, मधेस प्रदेश समिति जिल्ला इन्चार्ज सिंहासन साह कलवार, पर्सा जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव, सचिव तवरेज अहमद जिल्ला बरिष्ठ सदस्य सुन्दर प्रसाद कुर्मी,  जिल्ला सदस्य तबरेज आलम लगायतको उपस्थिति रहेको थियो ।

यस्तै पार्टीको संगठन बिस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत शुक्रकार जिल्ला समन्वय समिति पर्साको सभाहलमा  जिल्ला स्तरिय अभिमुखिकरण कार्यक्रम समपन गरेको छ । जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा अभियानका जिल्ला समयोजक केन्द्रिय सदस्य बिरेन्द्र यादवको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला बरिष्ठसदस्य सुन्दर कुर्मी, जिल्ला सदस्यहरु देवेन्द्र पटेल, नागेन्द्र यादव , कृष्णमोहन यादव, केन्द्रिय परिषद सदस्य बिपिन यादव, सलाउदिन अहमद, जिल्ला इन्चार्ज सिङ्हासन सा कलवार , केन्द्रिय सदस्य प्रह्लाद गिरि , पुरुशोतम झा, जनाद्र्धन यादव , शशिकपुर मियाँ , करिमा बेगम , लक्ष्मीकान्त तिवारी लगायातले आ–आफ्नो मन्त्बय ब्याक्त गरेका थिए ।

यस्तै भेलाले अभियान सफल गर्न तीनै  तह अन्तर्गतको जिल्ला , क्षेत्र र स्थानीय तहमा सचिवालय गठन गरेको छ । अभिमुखिकरण कार्यक्रम जिल्ला सचिव तबरेज अहमद्ले संचालन गरेका थिए । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.