logo

कालिकामाईमा समाजवादी पार्टीको पार्टी प्रवेश कार्यक्रम 

      2/1/2020 गते 00 00 मा प्रकाशित     1307   पटक पढिएको

वीरगन्ज, १९ माघ । समाजवादी पार्टी पर्साले कालिकामाई गाउँपालिकामा आज पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको छ । पार्टीका कालिकामाई गाउँपालिका अध्यक्ष दिनेश साह कलवारको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी (राजपा) परित्याग गरि करिब पाँचसय जना समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

नवप्रवेशीहरुलाई पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले पूmलमाला, अविर र टिका लगाई प्रवेश गराएका छन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै उपाध्यक्ष एवं मुख्यमन्त्री लालबाबु राउतले नेकपा र नेपाली कांग्रेस लगायतका दलहरुको संघीयता र समावेशिताको एजेण्डा नभएको र समग्र एजेण्डा समाजवादी पार्टीले लिएर अगाडि बढेकोले भ्रममा नपर्न आग्रह गरे ।

कार्यक्रममा केन्द्रीय सदस्य प्रल्हाद गिरी, मधेस प्रदेश समिति जिल्ला इन्चार्ज सिंहासन साह कलवार, पर्सा जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव, सचिव तवरेज अहमद जिल्ला बरिष्ठ सदस्य सुन्दर प्रसाद कुर्मी,  जिल्ला सदस्य तबरेज आलम लगायतको उपस्थिति रहेको थियो ।

यस्तै पार्टीको संगठन बिस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत शुक्रकार जिल्ला समन्वय समिति पर्साको सभाहलमा  जिल्ला स्तरिय अभिमुखिकरण कार्यक्रम समपन गरेको छ । जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा अभियानका जिल्ला समयोजक केन्द्रिय सदस्य बिरेन्द्र यादवको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला बरिष्ठसदस्य सुन्दर कुर्मी, जिल्ला सदस्यहरु देवेन्द्र पटेल, नागेन्द्र यादव , कृष्णमोहन यादव, केन्द्रिय परिषद सदस्य बिपिन यादव, सलाउदिन अहमद, जिल्ला इन्चार्ज सिङ्हासन सा कलवार , केन्द्रिय सदस्य प्रह्लाद गिरि , पुरुशोतम झा, जनाद्र्धन यादव , शशिकपुर मियाँ , करिमा बेगम , लक्ष्मीकान्त तिवारी लगायातले आ–आफ्नो मन्त्बय ब्याक्त गरेका थिए ।

यस्तै भेलाले अभियान सफल गर्न तीनै  तह अन्तर्गतको जिल्ला , क्षेत्र र स्थानीय तहमा सचिवालय गठन गरेको छ । अभिमुखिकरण कार्यक्रम जिल्ला सचिव तबरेज अहमद्ले संचालन गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.