logo

प्रदेश २ मा दुई मंत्रीले दिए राजीनामा, माओवादी साहको नेतृत्वमा सरकारमा जाने 

 इसीमाना सम्वाददाता     २०७८ सावन २ गते ०९: २४ मा प्रकाशित     813   पटक पढिएको

प्रदेश २ सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहाले राजीनामा दिनु भएको छ ।  

 

नेकपा माओवादी केन्द्र सरकारमा सहभागी हुने भएपछि दुई मंत्रीको राजीनामा आएको हो । राजीनामा पत्र  मुख्यमत्री लालबाबु राउतलाई बुझाई सकिएको राज्यमंत्री कुशवाहाले जानकारी दिनु भयो । मन्त्री यादव र राज्यमन्त्री कुशवाहा दुवै जसपा उपेन्द्र यादव पक्षका नेता हुन् ।


मुख्यमन्त्री राउतले आज शनिबार माओवादी केन्द्रलाई एक मन्त्रालय दिएर मन्त्रिपरिषद विस्तार गर्न लाग्नु भएको छ  ।

 

पहिलेदेखि दुईवटा मन्त्रालय मात्र लिएर प्रदेश सरकारमा सहभागि हुने अडानमा रहेको माओवादी केन्द्र एक महत्वपूर्ण मन्त्रालय लिएर सररमा सहभागि हुने तय गरेको छ ।

प्रदेश सरकारमा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह मन्त्री र रुवी कर्ण राज्यमन्त्री बन्न लागेका हुन् । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.