logo

समाजवादी पार्टी पर्साको ठोरीमा अभिमुखीकरण सम्पन्न 

      2/7/2020 गते 00 00 मा प्रकाशित     2558   पटक पढिएको

वीरगन्ज, २४ माघ । समाजवादी पार्टी नेपाल संगठन बिस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत आज ठोरी गाउँपालिकामा अभियानको बारेमा अभिमुखिकरण तथा ठोरी गाउँपालिकाको समायोजन कार्यक्रम सम्पन्न भएको छ ।

ठोरी गाउँपालिका अध्यक्ष पुर्न तामाङको अध्यक्षता समपन भएको  कार्यक्रमका प्रमुख अतिथि समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवले सदियौंदेखी सत्त संचालन गरेका पार्टीले मधेसी र पहाडीको खाड्ल खडा गरि शोषित र उत्पिडामा परेको समुदाय माथि शासन मात्र गरेको आरोप लगाए ।

उनले अहिले अएर विभिन्न बहाना गरि अझै सत्त लम्ब्याउने दाउ रहेकोले सो प्रति सचेत रहन नेता कार्यकर्तालाई अह्वान गर्नुभयो । यसैबीच आजै समाजोजिन गरिएको समितिको पदाधिकारी र सदस्यहरुलाइ  पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भयो  । कार्यक्रमको उदेश्य माथी जिल्ला उपाध्याय मुस्त्किम अन्सारीले प्रकाश पार्नु भयो भने समितिको घोषणा जिल्ला सचीव तबरेज अहमद्ले गर्नुभयो  ।

कार्यक्रममा लाल सिंह घलान, सन्तोशि भोलान, दल बहादुर थापा, पुर्ण लामाका साथै  विभिन्न वडाबाट नेता कार्यक्रताहरुको उपस्तिथी रहेको थियो । कार्यक्रमको संचालन समाजबादी युवा संघको प्रदेश सदस्य  अमित यादवले गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.