logo

जसपाको हिसाव किताव कसको पक्षमा को ?

      २०७८ सावन ७ गते ०९: ०२ मा प्रकाशित     871   पटक पढिएको

जनता समाजवादी पार्टी विभाजनका लागि निर्वाचन आयोगमा सुनुवाइ भइरहेका बेला दुवैतिरका नेताहरुको हिसाब हुन थालेको छ। अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवबीचको विवाद विभाजनतर्फ अघि बढेपछि निर्वाचन आयोगले इजलास गठन गरेर सुनुवाइ गरिरहेको छ।

केही दिनदेखि जारी सुनुवाइका क्रममा आयोगले तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी पार्टी नेपाल एकीकरण भएर जसपा बनेको समयमा हस्ताक्षर गरेका कार्यकारिणी सदस्यलाई बोलाएर विभाजनको टुंगो लगाउने भएको छ।

राजनीतिक दल विभाजनसम्बन्धी कानुनका आधारमा ठाकुर र यादवको बाटो अलग गर्न लागेको आयोगले कार्यकारिणी समिति सदस्यहरुको उपस्थितिका आधारमा निर्णय दिन लागेको हो। यस्तोमा साउन ११ गते सबै ५१ जना कार्यकारिणी सदस्यहरुलाई नागरिकता या मतदान परिचयपत्र बोकेर आउन आयोगको इजलासले आदेश दिएको प्रवक्ता राजकुमार श्रेष्ठले बताए।

जसपा विभाजनको टुंगो लगाउन आयोगले प्रमुख आयुक्त दिनेश थपलिया अध्यक्ष रहेको इजलास नै गठन गरेको छ। साउन ११ गते कार्यकारिणी सदस्यहरुको उपस्थितिका आधारमा आयोगले विभाजनको टुंगो लगाउने भएपछि जसपाभित्र अंकगणितीय खेल सुरु भएको छ।

यादव र ठाकुर पक्षबीच चुलिएको विवाद विभाजनको अवस्थामा पुग्दा एउटा पक्षलाई आधिकारिकता दिएर अर्को पक्षलाई नयाँ दल दर्ताका लागि आयोगले निर्णय दिनेछ। आयोगको इजलासले सम्भवत: साउन ११ गते फैसला सुनाउने छ। 

साउन ३ गतेदेखि दुवै पक्षको वकिलहरूको बहस सुनेको आयोगले आज साउन ११ गते सबै केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुलाई भौतिक रुपमै उपस्थित हुन भनेको छ। यस्तोमा अध्यक्ष उपेन्द्र पक्षमा ३६ कार्यकारिणी सदस्य पुगेको दाबी नेताहरुले गरेका छन्। 

तर, आयोगमा यसअघि यादव पक्षले बुझाएको विवरणमा भने ३३ जना कार्यकारी सदस्य छन्। यता संसदीय दलमा पनि पछिल्लो समय यादव पक्ष बलियो देखिएको छ। यादव पक्षले आफ्नो पक्षमा १७ प्रतिनिधिसभा सांसद रहेको दाबी गरेको छ। जसपामा हाल ३२ जना सांसद छन्। 

यसअघि केपी शर्मा ओलीको सरकार हुँदा छोटो समय सत्ता साझेदारी गरेको महन्थ ठाकुर पक्षले आफ्नो पक्षमा १९ सांसद पुर्‍याएको थियो। तर ठाकुर पक्ष र ओलीको सत्ता बहिगर्मनपछि कांग्रेस-माओवादसहितको पाँच दलीय गठबन्धन सत्तामा पुग्दाको फाइदा यादव पक्षलाई भएको छ। यस्तोमा आयोगबाट यादव पक्षले आधिकारिकता पाउने सम्भावना पनि बलियो छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.