logo

नेपालको कम्युनिष्ट आन्दोलनका शिखरपुरुष पुष्पलालको पर्सा एमालेले गर्यो  सम्झना

 इसीमाना सम्वाददाता     २०७८ सावन ७ गते ०९: ३० मा प्रकाशित     706   पटक पढिएको

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको आज ४३ औँ स्मृति दिवसको अवसरमा पर्साका बिचार गोष्ठी सम्पन्न भएको छ । 

 


नेकपा एमाले पर्साको पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा पुष्पलालले नेपालको कम्युनिष्ट आन्दोलनमा पुर्याउनु भएको योगदानको बिषयमा चर्चा भएको थियो ।

 

नेपाली समाजको प्रधान अन्तरबिरोधका बारेमा सुविचारित रुपमा ब्याख्या गर्नु भएका पुष्पलाल नेपालको कम्युनिष्ट पार्टीको जन्मदाता हुन  ।

 

१९४८ मा माक्र्स र एन्गेल्सले लेख्नु भएको कम्युनिष्ट घोषणा पत्रको नेपाली अनुवाद पुष्पलालले २००५ सालमा गर्नु भएको थियो । यस अर्थमा उहाँले माक्र्सवादी साहित्यकार पनि हो ।

 

नेपालमा लोकतन्त्रको निर्माणकालागि संयुक्त जनआन्दोलनको बाटो देखाउनु हुने पुष्पलाल भविष्यद्रष्ट हुनुहुन्थ्यो । 


सामन्तवाद, दलाल नोकरशाही पूजीवाद र सामाज्यवादको शोषण दमन र उत्पीडिनका बिरुद्ध नेपाली श्रमजीवी जनताको संघर्षलाई सही रुपमा दिशाानिर्देशन गर्ने पुष्पलालको योगदान नेपालको कम्युनिष्ट आन्दोलनमा बिशिष्ट खालको रहेको वक्ताहरुले जोड दिनु भयो ।  


बिक्रम संवत २००६ साल बैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर पुष्पलालले भारतको कोलकातामा बसेर नेकपा स्थापना गर्नु भएको थियो ।

 

१५ असार १९८१ मा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला पुत्रकारूपमा रामेछापमा जन्मिनु भएका पुष्पलालले प्रवासमा बसेर नेकपाको गतिविधि संचालन गर्नु भएको थियो ।

 

नेपाली कांग्रेस र कम्युनिष्टहरू मिलेर संघर्ष गरेमा मात्र नेपालबाट निरंकुश पञ्चायती समाप्त हुन सक्छ भन्ने भविष्यवाणी गर्ने नेता पुष्पलालको २०३५ साल साउन ७ गते भारतको नयाँ दिल्लीस्थित अल इण्डिया मेडिकल इन्स्टीच्युटमा उपचारका क्रममा निधन भएको थियो ।


पुष्पलालको स्मृति कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष प्रभु हजारा, विश्मभर शर्मा, बिना शर्मा ,जिल्ला समन्वय समिति पर्साका उपप्रमुख ठाकुर न्यैपाने, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य के.सी .लामिछाने, पत्रकार महासंघका प्रदेश महासचिव श्याम बञ्जारा,नेपाल पत्रकार महासंघ पर्साका कोषाअध्यक्ष संजिव मिश्रा, विद्यार्थी नेता शिवजी गुप्ता, बीरगंज महानगरपालिका २३ का  वडा अध्यक्ष अवधकिशोर कुशवाहा , ११ का वडा अध्यक्ष प्रधुमन् सेढाई , युवा संघका केन्द्रीय सदस्य सुरेन्द्र यादव , नारायणी अस्पताल विकास समितिका सदस्य सन्तोष पासवान,खेलकुद महासंघका सह महासचिव राम किशोर सिंह पराग,अखिल केन्द्रिय सदस्य हेमन्त तामाङ , रञ्जु दाहाल फुयाल, अनेरास्ववियुका जिल्ला अध्यक्ष रेयाज अंसारी ,चान्सी साह, नेपाल खेलकुद महासंघ केन्द्रिय सदस्य अकलेश साह, पवन पाण्डे लगायत नेकपा भातृ संगठनका नेताहरुको सहभागिता रहेको थियो।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

बरिष्ठ पत्रकार गौतम स्व.पाण्डेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुदै

वीरगन्ज । वीरगन्जको पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनु भएका वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम लाई स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय गरिएको छ।

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.