बीरगंज ३ फाल्गुण ।
आदीवासी जनजाती पत्रकार महासंघ बाराको प्रथम साधारण सभा आज कोल्हीमा सम्पन्न भएको छ । साधारण सभामा अध्यक्ष दुष्यन्त चौधरी र कोषाध्यक्ष मिरा राईले प्रस्तुत गर्नु भएको सांगठानीक तथा आर्थिक प्रतिवेदन पारित भएको छ ।
शाखा अध्यक्ष दुष्यन्त चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ केन्द्रीय उपाध्यक्ष लक्की चौधरीले फोनीजको आवश्यकता जन्म र आजको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।
उहाँले पत्रकार भएर आदीवासी जनजातीहरुले बिभिन्न खालको तर गम्भिर भूमिका निर्वाह गर्नु पर्ने अवस्थामालाई ख्याल राख्न संचारकर्मी संग आग्ह गर्नु भयो ।
कार्यक्रममा नेकपाका केन्द्र्रीय सदस्यहरु बलवीर चौधरी , दिनेश राई ,केवल चौधरी नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछाने फोनीजका प्रदेश इन्चार्ज निरज पिठाकोटे मगर लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
तपाईको प्रतिक्रिया