logo

लेखा परिक्षण प्रतिवेदन बुझाउन नसकेका ४१ दलको दर्ता खारेज

 इसीमाना सम्वाददाता     २०७८ सावन १९ गते ०४: ११ मा प्रकाशित     469   पटक पढिएको

 

 निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दल दर्ता खारेज गरेको छ ।

लगातार तीन वर्षसम्म लेखापरीक्षण नबुझाएका दलको यही साउन २० गतेदेखि लागू हुनेगरी दर्ता खारेज गरिएको आयोगले जनाएको छ । आयोगको मंगलबार बसेको बैठकले साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा दलको दर्ता खारेज गर्ने निर्णय गरेको हो ।

खारेज भएका राजनीतिक दललाई प्रति दल ५० हजार जरिवाना तोकिएको पनि आयोगले जनाएको छ । जरिवाना नतिरेसम्म खारेज भएका दलका केन्द्रीय पदाधिकारीले अरु दल दर्ता गर्न र आयोगमा दर्ता भएका अरु दलको पदाधिकारी बन्न नपाउने आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

४१ दल खारेज भएसँगै आयोगमा दल दर्ताको संख्या ९५ रहने पनि आयोगले जनाएको छ । यसअघि आयोगमा १ सय ३६ दल दर्ता थिए । आफनै दलको लेखा समेत राख्न नसक्नेहरुले दल किन खोलेका होलान भन्ने प्रश्न उठन थालेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.