logo

बिभिन्न पार्टी परित्याग गरि ठोरीको वडा नं ४ मा तीन सय छपन्न जना नेकपा एमालेमा प्रवेश

 इसीमाना सम्बाददाता     २०७८ भदौ १९ गते ०६: ४४ मा प्रकाशित     2524   पटक पढिएको

ठोरी गाउँपालिकाको वडा नं ४ आठघरेमा भएको एक भब्य कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि ३ सय ५६ जना शनिवार नेकपा एमालेमा प्रवेश गरेका छन ।

 

बिजयबस्तीका सामाजिक अगुवा नर बहादुर श्रेष्ठ, हार्डवेयर ब्यबसायी लाल बहादुर श्रेष्ठ, मिलचोकका अगुवा राम बहादुर पाख्रीन, शरणटोलका अगुवा मोहन सिजाली मगर, निर्मलबस्तीका लकालाल गोले, सुक बहादुर पाख्रीन, ठोरी २ का दिल बहादुर गुरुङ सहितका ब्यक्तिहरु नेकपा एमालेमा प्रवेश गरेका हुन ।

 

नवप्रबेशीहरुलाई नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजरा, संविधान सभा सदस्य जयप्रकाश थारु लगायतले टीका तथा खादा लगाएर पार्टी प्रवेश गराएका थिए ।


आठघरेमा सम्पन्न कार्यक्रमले ठोरीको वडा नं ४ को वडा कमिटी पनि गठन गरेको छ । कमिटीको अध्यक्षमा दिल बहादुर श्रेष्ठ र सचिवमा रामकाजी स्याङ्बो चयन भएको पालिका कमिटीका अध्यक्ष खगेन्द्र श्रेष्ठले जानकारी दिए । वडा कमिटीमा १ सय १ सदस्य रहेका छन ।

 

त्यसैगरि  नीर बहादुर बोम्जनको अध्यक्षतामा १ सय १ सदस्यीय राष्ट्रिय युवा संघ  गठन गरेको कार्यदल सदस्य राजेश लामाले बताए  । 

एमाले वडा नं.४ का अगुवा शरण मगरको सभापतित्वमा भएको कार्यक्रममा नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजरा ,संबिधान सभा सदस्य जयप्रकाश थारु, एमाले पर्साका सचिब मनोज कुमार गुप्ता, जनपक्षीय राजनीतिका बरिष्ठ नेता लेखमान थापा, एमाले ठोरी इन्चार्ज गंगा बहादुर खड्का, सह,इन्चार्जहरु ठाकुर न्यौपाने, लाल बहादुर श्रेष्ठ  र एमाले ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठको सहभागिता रहेको थियो ।

 

 रोशन सुनार, नेराशिसं ठोरी अध्यक्ष गोपिलाल श्रेष्ठ, सचिव निमा तामाङ , पत्रकार ओम प्रकाश चौधरी लगायत एमाले ठोरीका कार्यदल सदस्यहरू तथा पार्टीका बिशिस्ट ब्यक्तित्वहरुको कार्यक्रममा उपस्थिति रहेको थियो  । 
कार्यदल सदस्य तारानाथ ढुङ्गेलले कार्यक्रम संचालन गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.