logo

बिभिन्न पार्टी परित्याग गरि ठोरीको वडा नं ४ मा तीन सय छपन्न जना नेकपा एमालेमा प्रवेश

 इसीमाना सम्बाददाता     २०७८ भदौ १९ गते ०६: ४४ मा प्रकाशित     2383   पटक पढिएको

ठोरी गाउँपालिकाको वडा नं ४ आठघरेमा भएको एक भब्य कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि ३ सय ५६ जना शनिवार नेकपा एमालेमा प्रवेश गरेका छन ।

 

बिजयबस्तीका सामाजिक अगुवा नर बहादुर श्रेष्ठ, हार्डवेयर ब्यबसायी लाल बहादुर श्रेष्ठ, मिलचोकका अगुवा राम बहादुर पाख्रीन, शरणटोलका अगुवा मोहन सिजाली मगर, निर्मलबस्तीका लकालाल गोले, सुक बहादुर पाख्रीन, ठोरी २ का दिल बहादुर गुरुङ सहितका ब्यक्तिहरु नेकपा एमालेमा प्रवेश गरेका हुन ।

 

नवप्रबेशीहरुलाई नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजरा, संविधान सभा सदस्य जयप्रकाश थारु लगायतले टीका तथा खादा लगाएर पार्टी प्रवेश गराएका थिए ।


आठघरेमा सम्पन्न कार्यक्रमले ठोरीको वडा नं ४ को वडा कमिटी पनि गठन गरेको छ । कमिटीको अध्यक्षमा दिल बहादुर श्रेष्ठ र सचिवमा रामकाजी स्याङ्बो चयन भएको पालिका कमिटीका अध्यक्ष खगेन्द्र श्रेष्ठले जानकारी दिए । वडा कमिटीमा १ सय १ सदस्य रहेका छन ।

 

त्यसैगरि  नीर बहादुर बोम्जनको अध्यक्षतामा १ सय १ सदस्यीय राष्ट्रिय युवा संघ  गठन गरेको कार्यदल सदस्य राजेश लामाले बताए  । 

एमाले वडा नं.४ का अगुवा शरण मगरको सभापतित्वमा भएको कार्यक्रममा नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजरा ,संबिधान सभा सदस्य जयप्रकाश थारु, एमाले पर्साका सचिब मनोज कुमार गुप्ता, जनपक्षीय राजनीतिका बरिष्ठ नेता लेखमान थापा, एमाले ठोरी इन्चार्ज गंगा बहादुर खड्का, सह,इन्चार्जहरु ठाकुर न्यौपाने, लाल बहादुर श्रेष्ठ  र एमाले ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठको सहभागिता रहेको थियो ।

 

 रोशन सुनार, नेराशिसं ठोरी अध्यक्ष गोपिलाल श्रेष्ठ, सचिव निमा तामाङ , पत्रकार ओम प्रकाश चौधरी लगायत एमाले ठोरीका कार्यदल सदस्यहरू तथा पार्टीका बिशिस्ट ब्यक्तित्वहरुको कार्यक्रममा उपस्थिति रहेको थियो  । 
कार्यदल सदस्य तारानाथ ढुङ्गेलले कार्यक्रम संचालन गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगंज कारागारका सबै कैदीबन्दको भाग्ने प्रयासमा सुरक्षा निकायको अवरोध कैदीबन्दी सुरक्षीत

वीरगञ्ज । वीरगको कारागार प्रशासनले एक बिज्ञप्ति जारी गरि कारागारका कैदी बन्दी सबै सुरक्षीत रहेको जनाएको छ । कैदी बन्दीहरुले भाग्ने प्रयास गरेको तर भाग्यो योजना सफल नभएको जनाएको छ ।

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.