logo

गद्धारीपूर्ण इतिहास बोकेका बिश्वकर्मा सहित गुरुङ नेकपा एसमा,मंत्रीपदको आश्वासन पछि गरे सनाखत

 इसीमाना सम्वाददाता     २०७८ भदौ २० गते ०५: २७ मा प्रकाशित     856   पटक पढिएको

भदौ १७ गते जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर दुबैजना एकीकृत समाजवादीको पक्षमा रहेका ११ प्रदेश सभा सदस्यले सनाखत गरेका थिए ।

 

प्रदेश सभाका दुई सदस्य सुन्दर बहादुर बिश्वकर्मा र सीता गुरुङ भने सोही दिन बीरगंजमा सम्पन्न भएको नेकपा एमालेको प्रदेश कमिटीको बैठकमा सहभागि भएका थिए ।

 

बैठकमा पार्टीको बारा जिल्ला कमिटीको अध्यक्षको हैसियतमा बिश्वकर्माले बारामा पार्टीको अवस्थाको बारेमा रिपोटिङ गरेका थिए । पार्टीलाई मजवुत र जनताकोवीचमा स्थापित गर्न सिंगो पार्टीलाई क्रिाशिल बनाउने प्रतिवद्धता जनाएका थिए ।

 

तिनै बिश्वकर्मा र गुरुङ आइतवार जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर दुबैजना एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन । यो संगै नेकपा एस का प्रदेश २ को सभामा १३ जना सदस्य पुगेका छन । 


२१ जना प्रदेश सांसद रहेको एमालेमा अब मात्र ८ सांसद बाँकी छन । एमालेका १३ जना प्रदेश सांसद एकीकृत समाजवादीमा सनाखत गरिसकेको छ । 


प्रदेश सभाको गठन पछि एमालेको संसदीय दलको नेता चयन हुदा नै बिश्वकर्मा र गुरुङले समुह परिर्वतन गरेका थिए । त्यतीबेला पनि माधव नेपाल समुहमा रहेका उनीहरुले  संसदीय दलको नेताको चयनमा भने के.पी.ओली समुहका नेता सत्यनारायण मंडललाई भोट हालेका थिए ।

 

त्यसबाट बिश्वकर्माले पुरस्कारमा संसदीय दलको सचेतकको जिम्मेवारी पाएका थिए । आफनो समुह प्रति बिश्वकर्मा  र गुरुङले इमान्दारिता देखाउन सकेको भए अर्का नेता शत्रुघ्न महतो उतिबेलै संसदीय दलको नेतामा चयन हुन्थे ।

 

नेकपा कालमा पार्टी भित्रको आन्तरिक बिवादमा पनि बाराको अध्यक्ष रहेका बिश्वकर्माले पटक पटक अस्थिर चरित्र प्रर्दशन गरेका थिए । कहिले के.पी.ओली समुहमा रहेको बिज्ञप्ति जारी गर्ने कहिले माधव प्रचण्ड समुहमा फर्केको बताउने ।

 

यो क्रम बिश्वकर्मा र गुरुङले पटक पटक दोहर्याएका थिए । गुरुङ र बिश्वकर्माको राजनीतिक जोडी पार्टी भित्र पनि चर्चाको बिषय बन्ने गरेको छ । पछिल्लो पटक पनि बिश्वकर्मा र गुरुङले नेकपा एस संग दुई मंत्री पद माँग गरेको नेकपा एसका एक नेताले बताएका छन ।

 

माधव नेपालको गृहप्रदेश २ मा यसै पनि प्रदेश सभामा माधव नेपाल समुह बलियो रहेको अवस्थामा आफनै समुहका दुई सदस्य एमालेमा बस्ने कुरा माधव नेपालको राजनीतिक प्रतिष्ठाकालागि पनि गम्भिर बिषय थियो । उता आफनो बार्गेनिङ पावर बढाउन बिश्वकर्मा र गुरुङ एमालेको अभियानमा संलग्न भएका थिए ।

 

बिश्वकर्मा र गुरुङको अवसरवादी चरित्रका कारण आजीत नेकपा एसको प्रदेश २ कमाण्डले मंत्री पदको आश्वासन दिएपछि लामा र बिश्वकर्माको यो जोडी नेकपा एसमा खुलेको स्रोतको दावी छ । 


राजनीतिक रुपमा पल पल बिचलित हुने । अवसरकालागि सबै प्रकारका बैध अबैध र सम्झौता परस्त काम गर्ने छावि भएका बिश्वकर्मालाई पार्टीले भने पटक पटक अवसर दिएको थियो । 


०५८ सालमा दलीत उत्थान प्रतिष्ठानको निर्देशक हुदा राजाको कदमको स्वागगत गर्दै  बिश्वकर्माले  बिज्ञप्ति जारी गरेका थिए । त्यतीबेलानै मुक्ति समाजको समेत केन्द्रीय सदस्य रहेका बिश्वकर्मालाई संगठन र पार्टीको सदस्य समते नरहने गरि दण्डीत गरेको थियो ।

 

पार्टी भित्रको गुटगत राजनीतिले निम्त्याएको द्वण्द्वको उपयोग गर्दै कम्युनिष्ट आन्दोलनको उर्वर भूमी बारा जिल्लाको पार्टीको अध्यक्ष भएका बिश्वकर्माले आफूलाई मात्र केन्द्रमा राखेर एमालेको दिएको पद र प्रतिष्ठा आफनै हितमा उपयोग गरे पार्टी कमजोर भयो बिश्वकर्माले अवसर पाइरहे । 

 


तिनै बिश्वकर्मा र लामा जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीमा सनाखत गरेसंगै एमाले भन्दा बलियो समाजवादी भएको छ ।

यसअघि  गत बिहीबार एमालेका ११ जना प्रदेश सांसदले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका थिए । प्रदेश सांसदहरु सत्रुध्न महतो, मञ्जु यादव, चन्द्र सेन प्रसाद श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, बेची लुंगेली, रविन्द्र बैठा, हसिमा खातुन, अशोक यादव , प्रमोद यादव र डिल्ली उप्रेतीले सनाखत गरेका थिए । यादव र डिल्ली उप्रेतीले सनाखत गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

वीरगंजमा पचास प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु, भोलि पनि जारी रहने

वीरगंज । वीरगंज महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु गरेको छ। शाखाका अनुसार हिजोदेखि प्रारम्भ गरिएको वितरण कार्यक्रम भोलि पनि निरन्तर रहनेछ।

धनुषामा गरिब परिवारलाई उठीबास गराएको आरोप, हेडमास्टर यादव विवादमा

जनकपुरधाम । धनुषाको गणेशमानचारनाथ नगरपालिका–११ डुमरियामा एक गरिब परिवारलाई जबरजस्ती उठीबास गराएको आरोप सार्वजनिक भएको छ। उक्त आरोप स्थानीय हेडमास्टर शम्भु यादवमाथि लागेको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.