logo

नेकपा एमालेसंग एक्लै भिडन सक्ने हैसियत कुनै पार्टी संग छैनः एमाले नेता ज्ञवाली

 इसीमाना सम्वाददाता     २०७८ भदौ २१ गते ०८: ०६ मा प्रकाशित     610   पटक पढिएको

नेकपा एमालेका नेता प्रदीप  ज्ञवालीले परमादेशबाट बनेको सरकारले नेपाली जनताको हितमा काम गर्न नसक्ने बताए ।

 

पार्टीद्वारा सोमवार बीरगंजको नगरसभागृहमा आयोजीत जिल्ला स्तरीय अभिूमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता ज्ञवालीले यस्तो बताएका हुन ।


उनले प्रतिक्रियवादी तत्वको स्वार्थपूर्तीकालागि माधव नेपालले पार्टी बिभाजन गरेको तर त्यसले नेकपा एमालेमा शक्ति पैदा भएको र पार्टी झन बढी गतीशिल  भएको बताए ।

 

बिभाजनमा कुनै सौद्धान्तिक बैचारिक भिन्नता माधव नेपालले देखाउन नसकेको चार्चा गर्दै नेता ज्ञवालीले स्वार्थका कारण आफैले बनाएको पार्टी निर्लजजतापूर्वक बिभाजन गरेको बताए ।

 

एमाले बिभाजनका कारण केहीले जिब्रो मिठयाउदै गरेको चर्चा गर्दै पूर्व परराष्ट्रमंत्री समेत रहनु भएका ज्ञवालीले  नेकपा एमाले संग एक्लै भिड्ने हैसियत कुनै पार्टी संग नभएको प्रष्ट पानुृ भयो । 


पार्टी अध्यक्ष के.पी.शर्मा ओलीको ४१ महिने कार्यकालमा  सडक निर्माण, हुलाकी राजमार्ग, अन्र्तराष्ट्रिय बिमानस्थल, स्वास्थ्य,कृषि,शिक्षा र भौतिक पुर्वाधारमा बिशेष काम भएको जानकारी दिए । केपी ओलीको लोकप्रियता देखेर प्रचण्ड,शेरबहादुर देउवा र माधव नेपाल जस्ता नेता आतिएर एमाले बिरुद्ध षड्यन्त्र गरेको उनले आरोप लगाए।

 

 केपी ओलीको नेतृत्वको सरकारले अलगाववादी नेता सिके राउत, सशस्त्रद्वन्द गरिरहेका बिपल्व समुहलाई नेपालको राजनीतिको मुलधारमा ल्याएको नेता ज्ञवालीले स्मरण गराए।

 

नेता ज्ञवालीेले आउने चुनावनमा एमाले पुनः ठुलो दल बन्ने र नेपाली जनताका अधुरा सपना पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै उनले  आउने चैत्रमा हुने स्थानीय चुनावको तयारीमा जुट्न पनि नेता कार्यकर्ताहरुलाई निर्देशन दिए ।

 

पार्टीका पर्सा जिल्ला अध्यक्ष प्भू हजराको अध्यक्षतामा भएको कार्यक्रममा  प्रदेश २ का अध्यक्ष ज्वाला साह, पर्सा जिल्ला इन्चार्ज  अच्युत मैनाली केन्द्रिय सदस्य निर्मला देवकोटा लगायतकाले सम्बोधन गरेका थिए ।  कार्यक्रममा संबिधान सभा सदस्य राजकुमार गुप्ता, जयप्रकाश थारु, प्रधुमन चौहान, जुनैद अंसारी, नेताहरु बसरुदिन अंसारी, सुन्दर कुर्मी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य के.सी. लामिछाने, प्रदेश महासचिव श्याम बन्जारा, प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष लालबाबु शेख,युवा नेता महम्द निजाम,रामकिसोर सिंह पराग, शिवजी गुप्ता, रवि गुप्ता ,अकलेश साह लगायतको उपस्थिति रहेको थियो ।  कार्यक्रमको सहजीकरण पर्सा जिल्ला सचिव मनोज गुप्ताले गरेका थिए भने स्वागत मन्तव्य वीरगंज नगर अध्यक्ष बिश्वम्भर शर्माले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

कात्तिक ६ गते बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत

काठमाडौँ ।  अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले २०८२ साल तिहार (शुभ दीपावली)का लागि विभिन्न देशहरूमा भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ ।

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

खेलकुद

हनामी बीएफसी फाइनलमा, रिगल एन्फा मकवानपुर टाइ–ब्रेकरमा पराजित

निर्मलबस्ती ३०। स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत शुक्रवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा हनामी बीएफसी चितवनले रिगल एन्फा मकवानपुरलाई टाइ–ब्रेकरमा ५–४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।

ठोरी गोल्डकपमा रेगल एन्फा हेटौंडाको धमाकेदार प्रदर्शन, सेमिफाइनलमा प्रवेश

बिजयबस्ती । स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा रेगल एन्फा हेटौंडा ट्राईबेकरमा सेमिफाइनलमा प्रवेश गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.