logo

नेकपा एकिकृत समाजवादी पर्साको शपथ ग्रहण सम्पन्न

 इसीमाना सम्वाददाता     २०७८ भदौ २६ गते ०४: २५ मा प्रकाशित     730   पटक पढिएको

 

नेकपा एसको पर्सा जिल्ला कमिटीको शपथ ग्रहण बीरगंजमा शनिवार सम्पन्न भएको छ । पार्टीको प्रदेश कमिटीका अध्यक्ष रामचन्द्र यादवले जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन । 

 


पार्टीलाई बिभाजन गर्ने गरि एमालेकालमै गुटगत गतिविधि संचालनकालागि बनाएको समानान्तर कमिटीलाई नै नेकपा एकिकृत समाजवादी पार्टीको पर्सा जिल्ला कमिटीको रुपमा शपथ ग्रहण गराईको हो ।

 

नेकपाकालामा १ सय ७१ सदस्यीय जिल्ला कमिटीमा नेकपा एमालेका तर्फबाट र नेकपा माओवादीका तर्फबाट ८५ जना सहित १ सय ७१ सदस्यीय कमिटी निर्माण भएको थियो ।

 

०७७ फाल्गुण २३ गते सर्वोच्च अदालतले नेकपा माओवादी र नेकपा एमालेलाई ब्यूत्याएपछि माओवादी तर्फका जिल्ला कमिटीका सचिव सहितका सदस्यहरु माओवादीमै फर्किए ।

 

बाँकी रहे एमाले तर्फका ८५ मध्य जिल्ला कमिटीका १२ जना सदस्यहरुमा मात्रै नेकपा एसमा सहभागि भएका छन । पुरानो कमिटीका १६ जना समानान्तर गतिविधिमा लागेका थिए अहिले उहाँहरुको फर्किनेक्रम जारी रहेको नेकपा एमाले पर्साका अध्यक्ष प्रभू हजराले बताउनु भयो । 

पार्टीका पर्सा अध्यक्ष बालगोपाल थापाको अध्यक्षतामा भएकोे सपथ ग्रहण कार्यक्रममा १३८ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले नेकपा एमालेलाई केपी ओलीले  नीति र सिद्धान्तबाट विचलति भई कम्युनिष्ट आन्दोलनलाई समाप्त पारेको आरोप लगाए ।

शपथ ग्रहण कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटीका सदस्य संबिधान सभाका सदस्य बिचारी यादव नेकपा एमालेको प्रचार बिभागका सदस्य अरविन्द सिंहको सहभागिता थिएन । आजै २७ सदस्यीय जिल्ला सचिवालय घोषणा गरिएको छ । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.