logo

प्रदेश १ का मुख्यमंत्री अचार्यले ६८ औ दिनमा  दिए राजीनमा

 इसीमाना सम्वाददाता     २०७८ कार्तिक १५ गते ०३: ०७ मा प्रकाशित     482   पटक पढिएको

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन् । प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि उनले राजीनामा घोषणा गरेका हुन् । 


प्रदेशसभालाई सम्बोधन गर्दै आचार्यले राजीनामा घोषणा गरेका हुन । गएको भदौ १० गते मुख्यमंत्रीमा नियुक्त भएका आचार्य २५ गते नै अल्पमतमा परेका थिए ।एमालेका १० प्रदेश सभा सदस्यले नेकपा एस रोजेपछि उनी अल्पमतमा परेका हुन ।

 

प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमंत्री आचार्यले  अंकगणीत सवल नभएकोले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्छु भने । 

 

अल्पमतमा परेका आचार्यले संविधानअनुसार ३० दिने विश्वासको मत लिने प्रस्ताव पेश गरेका थिए ।

 

प्रदेशसभामा आफ्नो दल अल्पमतमा परेसँगै सरकार छाड्ने सोच राखेको भएपनि जनताको अपेक्षा र कामको चापले हतारो गर्न नदिएको आचार्यको दाबी छ । ६८ दिन अगाडि आचार्य मुख्यमंत्रीमा नियुक्त भएका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.