logo

जसपा संगठन बिस्तारमा ,पर्सागढीमा छात्राहरुकालागि साइकल बितरण

 इसीमाना सम्वाददाता     २०७८ कार्तिक १७ गते ०७: ०० मा प्रकाशित     571   पटक पढिएको

पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ५ मा जनता समाजवादी पार्टी  नेपालको वडा ईकाई कमिटी  गठन गरिएको छ ।

 

रामकिसुन प्रसादको अध्यक्षतामा गठित २५ सदस्यीय समितिको उपाध्यक्षमा अरविन्द पाण्डे, सचिवमा विजय प्रसाद यादव, उपसचिवमा ललन सहनी, कोषाध्यक्षमा अमिरीलाल महतो र सदस्यहरुमा निशेष साह, मुकेश कुश्वाहा, बिपिन कुशवाहा, प्रमोद यादव, छठिमा देवी, सरस्वती देवी राम लगायत रहेका छन् ।

 

कमिटी विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवम् पर्सा क्षेत्र नम्बर ३ का निलम्वित सांसद हरिनारायण रौनियारले संगठनलाई मजबुत बनाउनुको विकल्प नरहेको बताए ।

 

निर्वाचन मुखमा रहेको अवस्थामा अब संगठन विस्तार र सुदृढीकरणलाई तिब्रता दिनुपर्नेमा रौनियारले जोड दिए। कार्यक्रममा प्रदेश सभा सदस्य मञ्जुर अन्सारी, केन्द्रिय परिषद् सदस्य बिपिन यादव, जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादव, जिल्ला सदस्य सिँहासन साह तेली लगायतको उपस्थिति रहेको जसपा पर्साका सचिब तबरेज अहमदले जानकारी दिए ।

यस्तै जवाहर प्रसाद कोइरीको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । 

त्यस्तै आजैपर्सागढी नगरपालिकाका २ वटा विद्यालयमा ४० वटा साइकल वितरण गरिएको छ । प्रदेश नम्बर २ को लोकप्रिय कार्यक्रम मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर ९ स्थित श्री राष्ट्रिय माद्यामिक विद्यालय बढेर्वामा अध्ययनरत २७ जना छात्रालाई साइकल वितरण गरिएको हो ।

 

त्यसैगरी पर्सागढी नगरपालिका वडा नम्बर १ स्थित कोइलाभार आधारभुत विद्यालय ब्रहमाचारी टाढीमा पनि अध्ययनरत १३ जना छात्रालाई साइकल वितरण गरिएको छ। विद्यालय व्यवस्थापन समितिका अधयक्ष एवम् वडाअध्यक्ष रामनारायण प्रसाद गौरोको अध्यक्षतामा भएको साइकल वितरण कार्यक्रममा सपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादव, सचिव तबरेज अहमद, प्रदेश समिति सदस्य प्रकाश बैठा, हृदयनारायण गौरो, नेता बृजमोहन चौधरी, बिष्णुनारायण गौरो, ओसियर मिया, जसपा पर्सागढीका नगर अध्यक्ष शेख खुर्सेद लगायतको उपस्थिती रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

लमजुङमा प्रेस चौतारी अध्यक्षको घरमा आक्रमण, महासंघ र चौतारीको कडा निन्दा

वीरगन्ज । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङको बेँसीसहरस्थित निजी निवासमा गएराति अज्ञात समूहले ढुंगा प्रहार गरी तोडफोड गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले निन्दा व्यक्त गरेको छ।

भारतका विभिन्न स्थानबाट १६ नेपाली बालबालिकाको उद्धार

जनकपुरधाम । भारतका विभिन्न सहरमा कार्यरत १६ नेपाली बालबालिकाको उद्धार गरी उनीहरूलाई आज जनकपुरधाममा परिवारको जिम्मा लगाइएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.