logo

जसपा संगठन बिस्तारमा ,पर्सागढीमा छात्राहरुकालागि साइकल बितरण

 इसीमाना सम्वाददाता     २०७८ कार्तिक १७ गते ०७: ०० मा प्रकाशित     711   पटक पढिएको

पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ५ मा जनता समाजवादी पार्टी  नेपालको वडा ईकाई कमिटी  गठन गरिएको छ ।

 

रामकिसुन प्रसादको अध्यक्षतामा गठित २५ सदस्यीय समितिको उपाध्यक्षमा अरविन्द पाण्डे, सचिवमा विजय प्रसाद यादव, उपसचिवमा ललन सहनी, कोषाध्यक्षमा अमिरीलाल महतो र सदस्यहरुमा निशेष साह, मुकेश कुश्वाहा, बिपिन कुशवाहा, प्रमोद यादव, छठिमा देवी, सरस्वती देवी राम लगायत रहेका छन् ।

 

कमिटी विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवम् पर्सा क्षेत्र नम्बर ३ का निलम्वित सांसद हरिनारायण रौनियारले संगठनलाई मजबुत बनाउनुको विकल्प नरहेको बताए ।

 

निर्वाचन मुखमा रहेको अवस्थामा अब संगठन विस्तार र सुदृढीकरणलाई तिब्रता दिनुपर्नेमा रौनियारले जोड दिए। कार्यक्रममा प्रदेश सभा सदस्य मञ्जुर अन्सारी, केन्द्रिय परिषद् सदस्य बिपिन यादव, जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादव, जिल्ला सदस्य सिँहासन साह तेली लगायतको उपस्थिति रहेको जसपा पर्साका सचिब तबरेज अहमदले जानकारी दिए ।

यस्तै जवाहर प्रसाद कोइरीको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । 

त्यस्तै आजैपर्सागढी नगरपालिकाका २ वटा विद्यालयमा ४० वटा साइकल वितरण गरिएको छ । प्रदेश नम्बर २ को लोकप्रिय कार्यक्रम मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर ९ स्थित श्री राष्ट्रिय माद्यामिक विद्यालय बढेर्वामा अध्ययनरत २७ जना छात्रालाई साइकल वितरण गरिएको हो ।

 

त्यसैगरी पर्सागढी नगरपालिका वडा नम्बर १ स्थित कोइलाभार आधारभुत विद्यालय ब्रहमाचारी टाढीमा पनि अध्ययनरत १३ जना छात्रालाई साइकल वितरण गरिएको छ। विद्यालय व्यवस्थापन समितिका अधयक्ष एवम् वडाअध्यक्ष रामनारायण प्रसाद गौरोको अध्यक्षतामा भएको साइकल वितरण कार्यक्रममा सपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादव, सचिव तबरेज अहमद, प्रदेश समिति सदस्य प्रकाश बैठा, हृदयनारायण गौरो, नेता बृजमोहन चौधरी, बिष्णुनारायण गौरो, ओसियर मिया, जसपा पर्सागढीका नगर अध्यक्ष शेख खुर्सेद लगायतको उपस्थिती रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.