logo

वाह पाँच दलीय गठबन्धन सरकार , मध्यरात पछि मूल्यबृद्धिको उपहार

 इसीमाना सम्वाददाता     २०७८ कार्तिक १७ गते ०९: ०५ मा प्रकाशित     770   पटक पढिएको

पाँचदलीय गठबन्धन सरकारले फेरी पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । पेट्रोलियम पदार्थको मुल्य बढेको १२ दिनपछि सरकारले फेरी मूल्य बढाएको हो । बढेको मूल्य बुधवार राती देखी लागु हुनेछ । 

बुधबार रातिदेखि पेट्रोलको मुल्य एक सय ३६ रुपैयाँ, डिजेल तथा मट्टितेल प्रतिलिटर एक सय १९ तथा आन्तरिक हवाई ईन्धनको मुल्य एक सय एक र अन्तराष्ट्रि हवाई इन्धनको मुल्य प्रतिकिलो लिटर अमेरिकी डलर ८ सय ९५ र एलपी ग्यासको मुल्य एक हजार पाँच सय ७५ पुग्ने भएको छ ।


नेपाल आयल निगमको बुधबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोल र डिजेल तथा मट्टितेल आन्तरिक तथा बाह्य हवाई इन्धन, अन्तराष्ट्रिय हवाई इन्धन र एलपी ग्यासको मुल्य एकैपटक बढाएको हो  । पेट्रोल र डिजेल तथा मट्टितेल तीन, तथा आन्तरिक तथा बाह्य हवाई इन्धन पाँच तथा एलपी ग्यासको मुल्य प्रति सिलिण्डर ७५ रुपैयाँले बढेको हो ।


जस अनुसार बुधबार रातिदेखि पेट्रोलको मुल्य एक सय ३६ रुपैयाँ, डिजेल तथा मट्टितेल प्रतिलिटर एक सय १९ तथा आन्तरिक हवाई ईन्धनको मुल्य एक सय एक र अन्तराष्ट्रि हवाई इन्धनको मुल्य प्रतिकिलो लिटर अमेरिकी डलर ८ सय ९५ र एलपी ग्यासको मुल्य एक हजार पाँच सय ७५ पुगेको सह(प्रवक्ता पुस्कर कार्कीले विज्ञप्तीमार्फत जानकारी गराएका हुन् ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

थारु समुदायको अधिकार र पहिचानका लागि ‘थारु जागरण अभियान नेपाल’ स्थापना

वीरगञ्ज । थारु समुदायको हक, अधिकार, भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा सामाजिक उत्थान गर्ने उद्देश्यले ‘थारु जागरण अभियान नेपाल’ स्थापना गरिएको छ।

रंगपुरसम्मको बाँकी सडक निर्माण अघि बढेपछि गाउँपालिका अध्यक्षसहित टिमलाई धन्यवाद

रंगपुर। सखुवा प्रसौनी गाउँपालिका देखी पटेर्वा सुगौलीको वडा नं २ को रंगपुर बजारसम्म पुग्ने बाँकी सडक निर्माण कार्य अघि बढाउने तयारी भएपछि स्थानीयस्तरबाट गाउँपालिका अध्यक्ष तथा गाउँपालिका परिवारप्रति धन्यवाद व्यक्त गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.