logo

एमालेको महाधिवेशन प्रतिनिधिकालागि पाँच दर्जनको उम्मेदवारी, अन्सारीको उम्मेदवारी बिरुद्ध दावी बिरोध, आयोग मौन

 इसीमाना सम्वाददाता     २०७८ कार्तिक २५ गते १०: ०९ मा प्रकाशित     780   पटक पढिएको

नेकपा एमालेको १० औ राष्ट्रीय महाधिवेशनकालागि प्रतिनिधि छान्नकालागि आज पर्सामा मनोनयन दर्ता भएको छ । पर्साको चार निर्वाचन क्षेत्रबाट निर्वाचित हुने १४ जना र दलीतको एक भौगोलीक क्षेत्र बाट निर्वाचित हुने २ जना गरि १६ जना प्रतिनिधि छनौटकालागि ६४ जना निर्वचानको मैदानमा उत्रिएका छन । 


सबै भन्दा बढी निर्वाचन क्षेत्र नं १ मा २० जना उम्मेदवार मैदानमा उत्रिएका छन । त्यसपछि क्षेत्र नं ४ मा १९ जना मैदानमा उत्रिएका छन । दलीतकोलागि छुट्याइएको भूगोलमा ८ जनाले उम्मेदवारी दिएका छन ।

 

नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजराको उम्मेदवारी पनि यही कलस्टरमा रहेको छ । क्षेत्र नं १ मा संबिधान सभाका सदस्य बिचारी यादव, अरविन्द सिंह शम्भू गुुप्ता ,नवराज शर्मा ,सुन्दर कर्मी, मुना दाहाल , लक्ष्मी थापा, अर्चना कुमारी अधिकारी ,ज्ञानुदेवी सापकोटा श्याम बन्जारा,बसरुदिन अन्सारी लगायतका नेताहरु प्रतिस्र्धामा उत्रेका छन ।

 

 त्यस्तै क्षेत्र नं २ मा गोकर्ण पठाक, महेश दास , सीता लामा, बिना शार्मा, मनोज कुशवाहा  लगायत रहेका छन । त्यस्तै क्षेत्र नं ३ मा संबिधान सभाका सदस्यहरु प्रदुम्न चौहान, राजकुमार गुप्ता, नेकपा एमालेका जिल्ला कमिटी सह सचिव बासुदेव थारु, फरमान मिया, अन्सारी रामजी प्रसाद चौहान,मनोज प्रसाद कुर्मी,सुरेश कुर्मी लगायतले उम्मेदवारी दिएका छन ।

 

क्षेत्र नं ४ मा सबिधिान सभा सदस्य जयप्रकाश थारु जिल्ला सचिव मनोज गुप्ता, खगेन्द्र बहादुर श्रेष्ठ, राजेश लामा,अनुप तिवारी, ठाकुर प्रसाद न्यौपाने, उषा देवी चौधरी,मिना गिरी, गंगा बहादुर खडका, मजिद अहमद, शशीकपुर राय,जगेन्द्र पौडेल, बलीराम साह, गणेश बहादुर श्रेष्ठ, टिकाराम अधिकारी लगायतले उम्मेदवारी दिएका छन ।

 

दलीत तर्फ प्रभू हजरा,  सन्तोष पासवान, मेघराज पासवान, हरेन्द्र हजरा , नेवानी हजरा लगायतले उम्मेदवारी दिएका छन । २७ गते प्रतिनिधि छनौटकालागि मतदान हुने निर्वाचन आयुक्त शिवनाथ चौधरीले जानकारी दिए । 


बसरुदिनका बिरुद्ध दावी बिरोध 

 नेकपा एमालेका नेता बसरुदिन अन्सारीको उम्मेदवारी बिरुद्ध दाव बिरोध परेको छ । अन्सारीले सदस्यता प्राप्त गरेको १० वर्ष नपुगेकोले उनको उम्मेदवारी खारेजीको माँग गर्दै पार्टीका युवा नेता शिवजी प्रसाद गुप्ताले निर्वाचन आयोग समक्ष उजुरी दिएका थिए ।

 

नेकपा एमालले सार्वजनीक गरेको मापदण्ड अनुसार १० राष्ट्रीय महाधिवेशनको प्रतिनिधि चुनिन पार्टी सदस्यता प्राप्त गरेको १० वर्ष पुगेको हुनु पर्ने छ । आदीवासी ,जनजाती,महिला अल्पसंख्यक र अपाङगता भएकाहरुको हकमा यो हद ७ वर्ष कायम गरिएको छ ।

 

पार्टीको संगठन बिभागले जारी गरेको अभिलेखमा अन्सारीले सदस्यता प्राप्त गरेको वर्ष २०७० उल्लेख छ । यो मितिका आधारमा अन्सारीले सदस्यता प्राप्त गरेको अवधी १० वर्ष नपुगेको भन्दै गुप्ताले दावी बिरोध गरेका थिए । तर निर्वाचन आयोगले गुप्ताले दिएको दावी बिरोधमा कुनै सुनवाई नगरेको गुप्ताको भनाई छ ।

 

 गुप्ताले दिएको दावी बिरोधका सन्दर्भमा आयोगले के ग¥यो भन्ने कुरा सार्वजनीक गरेको छैन । उल्टै पार्टीको जिल्ला अध्यक्ष प्रभू हजराले लेखेको पत्रकार आधारमा आयोगले अन्सारीको उम्मेदवारी कामय गरेर बिधि बिपरित काम गरेको गुप्ताको आरोप छ । गुप्ताले निर्वाचन आयोगले आफनो निर्णय नसच्याएमा आफू कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन ।

 

क्षेत्र नं १ का अन्य उम्मेदवारले पनि अन्सारीको उम्मेदवारी कायम गर्ने निर्वाचन आयोगको निर्णय प्रति असहमती जनाउदै आन्दोलन गर्ने चेतावनी दिएका छन । अन्सारीको उम्मेदवारी कायम गर्ने आयोगको निर्णयका बिरुद्ध अन्य उम्मेदवारहरुले मोर्चाबन्दी कसेका छन ।

 

निर्वाचन आयोगको निर्णय अवैध छ त्यसलाई सच्याउनकालागि हामी आग्रह  गर्छौ  सचिच्चएन भने त्यही अनुसारको प्रतिवादमा  उम्मेदवार उत्रिने आशिष पटेलले बताए । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.