logo

एमालेको महाधिवेशन प्रतिनिधिकालागि पाँच दर्जनको उम्मेदवारी, अन्सारीको उम्मेदवारी बिरुद्ध दावी बिरोध, आयोग मौन

 इसीमाना सम्वाददाता     २०७८ कार्तिक २५ गते १०: ०९ मा प्रकाशित     458   पटक पढिएको

नेकपा एमालेको १० औ राष्ट्रीय महाधिवेशनकालागि प्रतिनिधि छान्नकालागि आज पर्सामा मनोनयन दर्ता भएको छ । पर्साको चार निर्वाचन क्षेत्रबाट निर्वाचित हुने १४ जना र दलीतको एक भौगोलीक क्षेत्र बाट निर्वाचित हुने २ जना गरि १६ जना प्रतिनिधि छनौटकालागि ६४ जना निर्वचानको मैदानमा उत्रिएका छन । 


सबै भन्दा बढी निर्वाचन क्षेत्र नं १ मा २० जना उम्मेदवार मैदानमा उत्रिएका छन । त्यसपछि क्षेत्र नं ४ मा १९ जना मैदानमा उत्रिएका छन । दलीतकोलागि छुट्याइएको भूगोलमा ८ जनाले उम्मेदवारी दिएका छन ।

 

नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजराको उम्मेदवारी पनि यही कलस्टरमा रहेको छ । क्षेत्र नं १ मा संबिधान सभाका सदस्य बिचारी यादव, अरविन्द सिंह शम्भू गुुप्ता ,नवराज शर्मा ,सुन्दर कर्मी, मुना दाहाल , लक्ष्मी थापा, अर्चना कुमारी अधिकारी ,ज्ञानुदेवी सापकोटा श्याम बन्जारा,बसरुदिन अन्सारी लगायतका नेताहरु प्रतिस्र्धामा उत्रेका छन ।

 

 त्यस्तै क्षेत्र नं २ मा गोकर्ण पठाक, महेश दास , सीता लामा, बिना शार्मा, मनोज कुशवाहा  लगायत रहेका छन । त्यस्तै क्षेत्र नं ३ मा संबिधान सभाका सदस्यहरु प्रदुम्न चौहान, राजकुमार गुप्ता, नेकपा एमालेका जिल्ला कमिटी सह सचिव बासुदेव थारु, फरमान मिया, अन्सारी रामजी प्रसाद चौहान,मनोज प्रसाद कुर्मी,सुरेश कुर्मी लगायतले उम्मेदवारी दिएका छन ।

 

क्षेत्र नं ४ मा सबिधिान सभा सदस्य जयप्रकाश थारु जिल्ला सचिव मनोज गुप्ता, खगेन्द्र बहादुर श्रेष्ठ, राजेश लामा,अनुप तिवारी, ठाकुर प्रसाद न्यौपाने, उषा देवी चौधरी,मिना गिरी, गंगा बहादुर खडका, मजिद अहमद, शशीकपुर राय,जगेन्द्र पौडेल, बलीराम साह, गणेश बहादुर श्रेष्ठ, टिकाराम अधिकारी लगायतले उम्मेदवारी दिएका छन ।

 

दलीत तर्फ प्रभू हजरा,  सन्तोष पासवान, मेघराज पासवान, हरेन्द्र हजरा , नेवानी हजरा लगायतले उम्मेदवारी दिएका छन । २७ गते प्रतिनिधि छनौटकालागि मतदान हुने निर्वाचन आयुक्त शिवनाथ चौधरीले जानकारी दिए । 


बसरुदिनका बिरुद्ध दावी बिरोध 

 नेकपा एमालेका नेता बसरुदिन अन्सारीको उम्मेदवारी बिरुद्ध दाव बिरोध परेको छ । अन्सारीले सदस्यता प्राप्त गरेको १० वर्ष नपुगेकोले उनको उम्मेदवारी खारेजीको माँग गर्दै पार्टीका युवा नेता शिवजी प्रसाद गुप्ताले निर्वाचन आयोग समक्ष उजुरी दिएका थिए ।

 

नेकपा एमालले सार्वजनीक गरेको मापदण्ड अनुसार १० राष्ट्रीय महाधिवेशनको प्रतिनिधि चुनिन पार्टी सदस्यता प्राप्त गरेको १० वर्ष पुगेको हुनु पर्ने छ । आदीवासी ,जनजाती,महिला अल्पसंख्यक र अपाङगता भएकाहरुको हकमा यो हद ७ वर्ष कायम गरिएको छ ।

 

पार्टीको संगठन बिभागले जारी गरेको अभिलेखमा अन्सारीले सदस्यता प्राप्त गरेको वर्ष २०७० उल्लेख छ । यो मितिका आधारमा अन्सारीले सदस्यता प्राप्त गरेको अवधी १० वर्ष नपुगेको भन्दै गुप्ताले दावी बिरोध गरेका थिए । तर निर्वाचन आयोगले गुप्ताले दिएको दावी बिरोधमा कुनै सुनवाई नगरेको गुप्ताको भनाई छ ।

 

 गुप्ताले दिएको दावी बिरोधका सन्दर्भमा आयोगले के ग¥यो भन्ने कुरा सार्वजनीक गरेको छैन । उल्टै पार्टीको जिल्ला अध्यक्ष प्रभू हजराले लेखेको पत्रकार आधारमा आयोगले अन्सारीको उम्मेदवारी कामय गरेर बिधि बिपरित काम गरेको गुप्ताको आरोप छ । गुप्ताले निर्वाचन आयोगले आफनो निर्णय नसच्याएमा आफू कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन ।

 

क्षेत्र नं १ का अन्य उम्मेदवारले पनि अन्सारीको उम्मेदवारी कायम गर्ने निर्वाचन आयोगको निर्णय प्रति असहमती जनाउदै आन्दोलन गर्ने चेतावनी दिएका छन । अन्सारीको उम्मेदवारी कायम गर्ने आयोगको निर्णयका बिरुद्ध अन्य उम्मेदवारहरुले मोर्चाबन्दी कसेका छन ।

 

निर्वाचन आयोगको निर्णय अवैध छ त्यसलाई सच्याउनकालागि हामी आग्रह  गर्छौ  सचिच्चएन भने त्यही अनुसारको प्रतिवादमा  उम्मेदवार उत्रिने आशिष पटेलले बताए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.