logo

एमालेको मतदान स्थगीत, काग्रेसको अधिवेशन रोकियो

      २०७८ कार्तिक २६ गते ०७: ४५ मा प्रकाशित     774   पटक पढिएको

नेकपा एमालेको १० औं राष्ट्रीय महाधिवेशनको प्रतिनिधि छनौटकालागि हुने भनिएको निर्वाचन स्थगीत भएको छ । निर्वाचन समितिले सार्वजनीक गरेको तालिका अनुसार कार्तिक २७ गते प्रतिनिधि छनौटकोलागि मतदान हुने थियो ।

 

तर २६ गते साँझ नेकपा एमालेका पर्साका अध्यक्ष प्रभू हजरा तथा निर्वाचन समितिका कार्यवाहक संयोजक शिवनाथ थारुले सार्वजनीक गरेको बिज्ञप्ति अनुसार निर्वाचनका सबै कार्यक्रम स्थगीत भएको छ ।

 

निर्वाचन समितिले प्राविधिक कारणले गर्दा अर्को सूचना जारी नहुदा सम्मकालागि निर्वाचन प्रक्रिया स्थगन गरिएको जनाएको छ । एमाले अध्यक्ष प्रभू हजराले जारी गरेको बिज्ञप्तिमा भने पार्टीको प्रदेश कमिटीको निर्देशन अनुसार निर्वाचन कार्यक्रम सथ्गती गरिएको उल्लेख छ ।

 

प्रदेश भरि नै महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा छान्ने प्रयोजनकालागि निर्वाचन कार्यक्रम स्थगीत गरिएको हजराद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ । 
यसैवीच निर्वाचन समितिले पार्टीले तयार गरेको मापदण्ड बिपरित उम्मेदवारी सूची जारी गरेको बिरोधमा आमरण अनशनमा उत्रिएका युवा नेता शिवजी गुप्ताले निर्वाचन कार्यक्रम स्थगीत भएसंगै अनशन पनि तोडेका छन ।

 

उनलाई निर्वाचन समितिले अनशनतोडन अपिल गरेको थियो । यसैगरि नेपाली कांग्रेस पर्साको अधिवेशन पनि रोकिएको छ।  कार्तिक २७ गतेकालागि नेपाली कांग्रेसको गाउँ तथा नगर अधिवेशन तोकिएको थियो ।

 

निर्वाचन अधिकृत नरेन्द्र कुमार के.सी.ले शुक्रवार एक बिज्ञप्ति जारी गरि प्राविधिक कारणबस २७ गतेको मितिमा अधिवेशन हुन नसक्ने भएकोले अर्को सूचना जारी नहुदा सम्मकालागि अधिवेशन स्थगीत गरिएको जनाएका छन । नेपाली कांग्रेस भित्र सदस्यताको बिषयमा समस्या रहेको अधिवेशन स्थगीत भएको बताइएको छ ।

 

पार्टी जिल्ला समितिको सिफारिश बेगर सदस्यता थपिएको भन्दै बिवाद बढेपछि अधिवेशन स्थगनको वतावरण बनेको बताइएको छ । सदस्यता सम्बन्धी बिवाद मिलाउन नेताहरुको एउटा समुह काठमाण्डौ गएको बताइएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.