logo

एमालेको मतदान स्थगीत, काग्रेसको अधिवेशन रोकियो

      २०७८ कार्तिक २६ गते ०७: ४५ मा प्रकाशित     643   पटक पढिएको

नेकपा एमालेको १० औं राष्ट्रीय महाधिवेशनको प्रतिनिधि छनौटकालागि हुने भनिएको निर्वाचन स्थगीत भएको छ । निर्वाचन समितिले सार्वजनीक गरेको तालिका अनुसार कार्तिक २७ गते प्रतिनिधि छनौटकोलागि मतदान हुने थियो ।

 

तर २६ गते साँझ नेकपा एमालेका पर्साका अध्यक्ष प्रभू हजरा तथा निर्वाचन समितिका कार्यवाहक संयोजक शिवनाथ थारुले सार्वजनीक गरेको बिज्ञप्ति अनुसार निर्वाचनका सबै कार्यक्रम स्थगीत भएको छ ।

 

निर्वाचन समितिले प्राविधिक कारणले गर्दा अर्को सूचना जारी नहुदा सम्मकालागि निर्वाचन प्रक्रिया स्थगन गरिएको जनाएको छ । एमाले अध्यक्ष प्रभू हजराले जारी गरेको बिज्ञप्तिमा भने पार्टीको प्रदेश कमिटीको निर्देशन अनुसार निर्वाचन कार्यक्रम सथ्गती गरिएको उल्लेख छ ।

 

प्रदेश भरि नै महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा छान्ने प्रयोजनकालागि निर्वाचन कार्यक्रम स्थगीत गरिएको हजराद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ । 
यसैवीच निर्वाचन समितिले पार्टीले तयार गरेको मापदण्ड बिपरित उम्मेदवारी सूची जारी गरेको बिरोधमा आमरण अनशनमा उत्रिएका युवा नेता शिवजी गुप्ताले निर्वाचन कार्यक्रम स्थगीत भएसंगै अनशन पनि तोडेका छन ।

 

उनलाई निर्वाचन समितिले अनशनतोडन अपिल गरेको थियो । यसैगरि नेपाली कांग्रेस पर्साको अधिवेशन पनि रोकिएको छ।  कार्तिक २७ गतेकालागि नेपाली कांग्रेसको गाउँ तथा नगर अधिवेशन तोकिएको थियो ।

 

निर्वाचन अधिकृत नरेन्द्र कुमार के.सी.ले शुक्रवार एक बिज्ञप्ति जारी गरि प्राविधिक कारणबस २७ गतेको मितिमा अधिवेशन हुन नसक्ने भएकोले अर्को सूचना जारी नहुदा सम्मकालागि अधिवेशन स्थगीत गरिएको जनाएका छन । नेपाली कांग्रेस भित्र सदस्यताको बिषयमा समस्या रहेको अधिवेशन स्थगीत भएको बताइएको छ ।

 

पार्टी जिल्ला समितिको सिफारिश बेगर सदस्यता थपिएको भन्दै बिवाद बढेपछि अधिवेशन स्थगनको वतावरण बनेको बताइएको छ । सदस्यता सम्बन्धी बिवाद मिलाउन नेताहरुको एउटा समुह काठमाण्डौ गएको बताइएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

धनुषामा मोटरसाइकल दुर्घटना सर्लाहीका २२ वर्षीय युवकको मृत्यु

जनकपुर ।  धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित बाबा पेट्रोल पम्प नजिक शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ।

जीतपुरमा कारको ठक्करबाट एक युवकको मृत्यु, चालकबारे अनुसन्धान जारी

जीतपुर । बाराको जीतपुर क्षेत्रमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.