logo

जनता समाजवादी पार्टी नेपालको वडा इकाई समिति गठन 

 इसीमाना सम्वाददाता     २०७८ मंसिर १४ गते ०६: १२ मा प्रकाशित     702   पटक पढिएको

जनता समाजवादी पार्टी नेपालको  ४ महिने संगठन सुदृढीकरण तथा जनजागरण अभियान अन्तर्गत आज जनता समाजवादी पार्टी नेपाल बहुदरमाइ वडा न ६ मा  भेला सम्पन्न भएको छ ।

 

भेलाले बालदेव प्रसाद साहको अध्यक्षतामा  वडा इकाई समिति गठन भएको छ । समितिको उपाध्यक्ष प्रभु प्रसाद  साह, सचीव रुपनारायण साह, उप सचीव हरिन्द्र प्रसाद कुशवाहा, कोषाध्यक्ष राजु साह रहने गरि ४६ सदस्यीय वडा एकाइ समिति निर्माण भएको हो ।  

 

त्यसैगरी दरोगा गुप्ता कल्वारको अध्यक्षतामा उपाध्यक्ष मतोश कुश्वाहा, सचीव सुनिल साह, उप सचीव चन्दन साह, कोषाध्यक्ष सुरज प्रसाद कुशवाहा रहने गरि २५ सदस्यीय समाजवादी युवा संघ एकाइ समिति गठन गरिएको छ ।

 

कार्यक्रममा  पार्टी केन्द्रीय सदस्य जनार्दन यादव र करिमा बेगम, जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव,  जिल्ला सचीव अहमद,  अछेलाल साहले पार्टीले लिएको अगामी रणनीतिको बारेमा चर्चा गरेका थिए ।

 

 कार्यक्रममा मधेस प्रदेश समिति सदस्य महाराज यादव, जिल्ला सदस्य एवम् नगर अध्यक्ष सिहासन साह तेलि, जिल्ला सदस्य पनालाल साह, समाजवादी शिक्षक फोरम जिल्ला अध्यक्ष हरेन्द्र चौरासीया, सचीव रामाधार साह लगायतको उपास्तिथि रहेको थियो, 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.